भक्तजनको खुट्टा समाएर उपचारमा जुट्ने ५ वडा अध्यक्ष बिकासमान श्रेष्ठको सेवाभाव

ललितपुर, साउन २६ –लगनखेलमा मतयाः यात्राका सहभागीलाई लक्षित गर्दै प्राथमिक उपचार शिविर,
ललितपुरको ऐतिहासिक तथा परम्परागत मतयाः (दिप यात्रा) मा सहभागी भएर लामो दूरीको पैदल यात्रा तय गरेका भक्तजनहरूको सेवाका लागि ललितपुर महानगरपालिका वडा नं. ५ द्वारा लगनखेलमा प्राथमिक उपचार शिविर–२०८२ को आयोजना गरिएको थियो।

विशेष कुरा के थियो भने, उक्त शिविरमा वडा अध्यक्ष विकासमान श्रेष्ठ स्वयं स्वयंसेवक का रूपमा सहभागी भई भक्तजनहरूको उपचारमा सक्रिय देखिए।

थकाइ, खुट्टा मर्किने, सड्किने, घाउ हुने जस्ता समस्या लिएर शिविरमा आउने भक्तजनहरूको सेवा गर्दा वडा प्रमुख श्रेष्ठले स्वास्थ्यकर्मीहरूसँग मिलेर खुट्टासमेत समाई मल्हम पट्टी गरिरहेको दृश्यले सबैलाई छोएको थियो।

स्वास्थ्य सेवाको सामान्य ज्ञान भएका श्रेष्ठले जनताको पीडामा यसरी निस्वार्थ भावनाले साथ दिइरहेको देख्दा धेरैले ‘नेता भनेको यस्तै हुनु पर्छ’ भन्दै प्रशंसा गरे।

शिविरमा आएका एक वृद्ध भक्तजनले भने, “हामी त यस्तो सेवा त सरकारी नेताबाट कहिल्यै पाएका थिएनौं। आफैं मल्हम लगाइदिन्छन् भन्ने सोचेकै थिएन।”

वडा सरकार प्रमुख श्रेष्ठको यो मानवीय सेवाभाव, नेतृत्वको उदाहरणीय स्वरूप बनेको छ।

More From Author

यल:मतया: पर्वको समापनमा— अध्यक्ष निर्मल रत्न शाक्यको मन्तव्य

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *