ललितपुर, साउन २९ —
ललितपुर रेन्टल, क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको १५औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
संघका वरिष्ठ उपाध्यक्ष बाबुराजा महर्जनले कार्यक्रमको समापन गर्दै व्यवसायीहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको थियो। उहाँले प्रतिस्पर्धात्मक बजारमा सेवा गुणस्तर अभिवृद्धि गर्दै स्थानीयस्तरमै व्यवसाय विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा क्षेत्रीय व्यवसायको समग्र विकास, क्याटरिङ्ग तथा पार्टी सेवा क्षेत्रमा देखिएका चुनौती, अवसर र सहकार्यका सम्भावनाहरूबारे समेत छलफल गरिएको थियो।