ललितपुर रेन्टल, क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको १५औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन सम्पन्न

ललितपुर, साउन २९ —

ललितपुर रेन्टल, क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको १५औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

संघका वरिष्ठ उपाध्यक्ष बाबुराजा महर्जनले कार्यक्रमको समापन गर्दै व्यवसायीहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको थियो। उहाँले प्रतिस्पर्धात्मक बजारमा सेवा गुणस्तर अभिवृद्धि गर्दै स्थानीयस्तरमै व्यवसाय विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा क्षेत्रीय व्यवसायको समग्र विकास, क्याटरिङ्ग तथा पार्टी सेवा क्षेत्रमा देखिएका चुनौती, अवसर र सहकार्यका सम्भावनाहरूबारे समेत छलफल गरिएको थियो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवस

ललितपुर महानगरद्वारा एसइईमा उत्कृष्ट अंक ल्याउने ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts