




पूर्व मन्त्री, ललितपुरका पूर्व मेयर तथा ललितपुर सुनचाँदी व्यवसायी संघका सल्लाहकार एवं वरिष्ठ समाजसेवी आदरणीय श्री बुद्धिराज बज्राचार्यज्यूको असामयिक निधनले हामीलाई अत्यन्त मर्माहित तुल्याएको छ।
उहाँले ललितपुरको उद्योग–व्यवसाय क्षेत्र, कला–संस्कृतिको जगेर्ना, समृद्ध सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा नगर विकासका लागि पुर्याउनुभएको अथक योगदान सदैव स्मरणीय र प्रेरणादायी रहनेछ।
उहाँको आत्मीयता, दूरदर्शी नेतृत्व र समाजप्रतिको निःस्वार्थ समर्पण कहिल्यै भुल्न सकिने छैन।