सर्वसाधारणको पहुँचबाहिर सुनको मूल्य

हालका दिनमा सुनको मूल्य निरन्तर नयाँ कीर्तिमान बनाउँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ। दैनिक रूपमा हजारौँ रुपैयाँले मूल्य वृद्धिले सुन सर्वसाधारणका लागि झन् कठिन पहुँचमा पुग्न थालेको छ।

विशेषतः विहे, पूजाआजा र परम्परागत गहनामा प्रयोग हुने सुन अब मध्यम वर्गीय परिवारका लागि चाहिँ “लक्जरी वस्तु”जस्तै हुन थालेको छ। नेपाली बजारमा सुनको मूल्यले तोलामा २ लाख रुपैयाँ नाघेपछि साधारण ग्राहकहरू सुन किन्न निकै नलक्ने अवस्थामा पुगेकाछन

मूल्य वृद्धिका कारणहरू:

  1. अन्तर्राष्ट्रिय बजारको प्रभाव – अमेरिका लगायत ठूला अर्थतन्त्रमा मुद्रास्फीति नियन्त्रणका लागि लिएको मौद्रिक नीतिको प्रभावले सुन सुरक्षित लगानीको माध्यम बनेको छ।
  2. डोलरको दर – डोलर महँगो हुँदा सुनको मूल्य नेपालमा अझ महँगो पर्न जान्छ।
  3. राजस्व, कर र आयात प्रणाली – नेपालमा सुन आयातमा कडाइ तथा सीमित कोटा प्रणालीको साथै विलासिता कर , भ्याट र अन्य कारण पनि

परिणामस्वरूप:

  • सर्वसाधारणले विवाह, पास्नी जस्ता सामाजिक अवसरमा गहना किन्न कठिनाइ महसुस गर्न थालेका छन्।
  • पसलेहरू पनि ग्राहक नआउँदा गहना स्टक राख्न हिच्किचाउने अवस्था छ।
  • सुनको सट्टामा चाँदी वा कृत्रिम गहनातर्फ उपभोक्ताको आकर्षण बढ्दैछ।

यदि यस्तो प्रवृत्ति जारी रह्यो भने सुन केवल धनी र ठूला लगानीकर्ताको पहुँचमा सीमित हुने सम्भावना छ, जसले सामाजिक स्तरमा गहना संस्कृति नै प्रभावित पार्न सक्छ।

More From Author

प्रकाशमान सिंह. माननीय उप-प्रधान तथा शहरी विकास मन्त्री संबोधन गर्दै Nepal Engineers’ Association

श्री बुद्धिराज बज्राचार्यज्यूको असामयिक निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *