समुदाय विपद् स्वयसेवक तालिमको समापन

२०८२/०३/१७ ललितपुर —ः
सशस्त्र प्रहरी बलले ललितपुर महानगरसँग समन्वय गरी आयोजना गरेको समुदाय विपद् स्वयसेवक तालिमको समापन समारोहमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेले
आगामी आर्थिक वर्षमा महानगरको सबै वडामा विपद् व्यवस्थापनको बारेमा ज्ञान र सीप भएको स्वयमसेवकको समूह बनाउने बताए । उनले भने, ‘३० –३५ जनाको ग्रप बनाउँछौँ , उहाँहरुलाई तालिम दिन्छौँ ।’ तालिम प्राप्त स्वयमसेवक समूहले विपद्को बारेमा ज्ञान बाढ्ने र विपद् भइहाले उद्धारको काममा खटिने बताए । महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको कर्तब्य नगरबासीको सुरक्षा गर्नु भएको बताउदै विपद् व्यवस्थापनको क्षेत्रमा महानगरले धेरै काम गरे जस्तो लागे पनि असोज दोस्रो साताको बाढीले धेरै काम गर्न बाँकी देखाएको जानकारी गराउदै उनले भने, ‘ त्यसैले ४ वटा ढुंगा किन्यौँ , अब १ वटा थप्दैछौँ ।’स्वयम्सेवकको समूह बनाएर उनीहरुलाई तामिल दिने , विपद्सम्बन्धी ज्ञान र विपद्व्यवस्थापनको सीपबारे बुझाउन समुदायमा स्वयमसेवक तयार पार्ने धारणा ब्यक्त ।
ललितपुर जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रमेश ढकालले समुदायलाई विपद्का बारेमा ज्ञान र सीप सिकाउनु महत्वपूर्ण भएको बताउँदै सिकेका कुरालाई भविष्यमा हुनसक्ने विपद्का बेलामा प्रस्तुत गर्नु महत्वपूर्ण भएको बताए ।
नेपाली सेना राजदल गण लगनखेलका गणपति प्रमुख सेनानी स्वर्ण बहादुर चन्दले समुदायसँग जोडिएर विपदको ज्ञान दिएर स्वयमसेवक तयार पार्नु भविष्यमा आइपर्नसक्ने विपद्को पूर्वतयारी भएको बताए ।
ललितपुर महानगरसँगको समन्वयमा सशस्त्र प्रहरी बलले २८ जना स्वयसेवकहरुलाई १८ दिने तालिम दिएको हो । तालिममा प्रशिक्षार्थीहरुलाई विपद्को परिचय, नेपालमा हुन सक्ने विपदका घटना, सरोकारवाला निकाययसँग गरिने समन्वय, भत्केका संरचनामा गरिने खोज तथा उद्धार, जलोत्पन्न विपद्, त्यसमा गरिने उद्धार, डोरीबाट गरिने उद्धारलगायतका विषयमा तालिम दिइएको थियो ।
यसैगरी महानगर प्रहरीलाई उक्त गणले नगरप्रहरीलाई पनि विपद् उद्धारसम्बन्धी पेशागत तालिम दिइएको थियो । उक्त तालिममा २४ जना नगर प्रहरी सहभागी थिए । उनीहरुलाई
‘¥याफ्ट वोट ह्याण्डलिङ ’तथा वाटर रेस्क्यू तालिम दिइएको थियो । कार्यक्रममा तालिमप्राप्त प्रशिक्षार्थीले आगलागी नियन्त्रण गर्दाको डेमो, नदीमा डुबेकाको उद्धार, भारी वर्षाका कारण नदीमा आएको बाढीले उद्धारमा अबरोध भएपछि डोरीको माध्यमबाट गरिएको उद्धार र बाढी प्रभावितको उद्धार गर्न जाँदा नदीमा पल्टिएको डुङामा सवारको उद्धारको डेमो प्रस्तुत गरेका थिए ।
तालिममा सहभागी भएकाले तालिम जीवनको महत्वपूर्ण मोड भएको बताउँदै तालिमले आत्मविश्वास र आत्मबल बढाएको बताए । उनीहरुले भने, ‘तालिमले समाजप्रतिको कर्तब्य बोध पनि भएको छ । ’ कार्यक्रममा तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

More From Author

सिकाइ तथा अनुभव आदान-प्रदान कार्यक्रम

Community Disaster Volunteer (CDV) Training सामुदायिक विपद् स्वयंसेवक (CDV) तालिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *