सिकाइ तथा अनुभव आदान-प्रदान कार्यक्रम

२०८२ असार १७, काठमाडौं – स्वीस सरकारको विकास सहयोग (SDC) अन्तर्गत सुरक्षित आप्रवासन (सामी) कार्यक्रम, तेस्रो चरणको सिकाइ तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीज्यूले सम्बोधन गर्नुहुँदै सुरक्षित आप्रवासनका लागि सरकारी र गैरसरकारी साझेदारीको महत्वबारे चर्चा गर्नुभयो। उहाँले सुरक्षित आप्रवासनको वातावरण सिर्जना गर्न, आप्रवासी श्रमिकहरूको हक–अधिकारको संरक्षण गर्न, र उनीहरूलाई उद्यमशीलतामा प्रेरित गर्न यो कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले तेस्रो चरणका अनुभव, सिकाइ, र चुनौतीबारे छलफल गर्दै भविष्यका रणनीति निर्माणमा सुझावहरू प्रस्तुत गरेका थिए। सुरक्षित आप्रवासनको दिगो अभ्यास र यसका लाभहरूको प्रोत्साहनका लागि सहभागीहरूले यस किसिमका कार्यक्रमको आवश्यकता औंल्याएका छन्।

एसडीसीको नेतृत्वमा सञ्चालन हुने यो कार्यक्रमले हजारौं आप्रवासी श्रमिकहरूलाई सक्षम र सुरक्षित बनाउन योगदान पुर्‍याएको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

Nepali paper and paperShopping bag making training Lalitpur Metropolitan Municipality Ward no. 16

समुदाय विपद् स्वयसेवक तालिमको समापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts