लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२

ललितपुर -: लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ मा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागूऔषध दुर्व्यसनको समस्या गम्भीर भएको बताएका छन्। प्रहरी प्रमुखका अनुसार उपत्यकामा लागूऔषध दुर्व्यसनीहरुको संख्यामा वृद्धि हुनुका साथै यसले अपराध तथा सामाजिक समस्या बढाएको छ।
लागूऔषध कारोबारमा संलग्न गिरोहलाई पक्राउ गर्न प्रहरीको सुराकी संजाललाई थप प्रभावकारी बनाउने।
लागूऔषधको दुरुपयोग रोक्न विद्यालय, कलेज र समुदायमा चेतना फैलाउने कार्यक्रम सञ्चालन।
लागूऔषध कारोबार गर्नेहरुलाई कडा कानूनी कारबाही गर्दै उनीहरुप्रति सहानुभूति नभएको सन्देश दिने।
लागूऔषध दुर्व्यसनीहरुलाई पुनर्स्थापित गरी समाजमा फिर्ता ल्याउने कार्यक्रम संचालन गर्ने ।

महानिरीक्षक थापाले नागरिक, गैरसरकारी संस्था र सरकारी निकायसँग सहकार्य गर्दै लागूऔषध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ।

More From Author

(SEE) को नतिजा प्रकाशित

मदन भन्डारी जयन्ती को अवसरमा प्रतिमामा माल्यार्पन

Leave a Reply

Your email address will not be published. Required fields are marked *