नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखा विघटन गरि नयाँ समिति बनाउने

नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखा विघटन गरि नयाँ समिति बनाउने
नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको अधिवेशन यहि आउँदो ने.सं.११४६ दिल्लाथ्व पञ्चमी श्रावण २ गते शनिवार हुने भएको छ । काठमाडौं जिल्लाको अधिवेशन गर्न नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिव राजु नापितको संयोजकत्वमा सहसचिव प्रजित शाक्य र सुनिता महर्जन सम्मिलित तदर्थ समिति गठन गरी अधिवेशन गर्न लागिएको पत्रकार दबूका महासचिव केके मानन्धरले जानकारी दिनुभयो । दबूको केन्द्रीय महाधिवेशन भदौ १९ र २० गते गोरखा जिल्ला भिमसेन गाउँपालिका ५ मिलनवस्तीमा हुने निश्चित भएपश्चात सम्पूर्ण जिल्लाहरुलाई असार १५ गते भित्र जिल्ला अधिवेशन गर्न परिपत्र भएकोमा अन्य जिल्लाले अधिवेशन सम्पन्न गरिसकेको छ भने काठमाडौं जिल्लामा अधिवेशनको कुनै तयारी नभएको कारण केन्द्रले साे शाखा विघटन गरी तदर्थ समिति गठन गरी अधिवेशन गर्न लागिएको हो ।

त्यसका लागि नयाँ दर्ता र नविकरण कार्य सुरु भइसकेको समेत महासचिव मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म पच्चीस जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने १२ देशमा विदेश विभाग गठन गरी संयोजकको समेत जिम्मेवारी दिइसकेको छ ।

More From Author

विश्व कला नगरी तथा हस्तकला प्रवर्द्धन वडा स्तरीय सचेतना कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *