प्रथम विश्व योगासन–२०२६ मा सहभागी खेलाडी तथा प्रशिक्षकलाई सम्मान, राष्ट्रिय धान दिवस पनि मनाइयो

ललितपुर । पातञ्जल योग समिति ललितपुरले “प्रथम विश्व योगासन–२०२६” प्रतियोगितामा सहभागी नेपाली योग खेलाडी तथा मार्गदर्शकहरूलाई सम्मान गरेको छ।

राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सहभागीहरूलाई दही–चिउरा खुवाई शुभकामना आदानप्रदान गर्नुका साथै विश्व योगासन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा प्रथम अन्तर्राष्ट्रिय विश्व योगासन प्रतियोगितामा नेपालले हासिल गरेको उपलब्धिबारे जानकारी दिँदै आयोजकले नेपालले समग्रमा पाँचौं स्थान हासिल गर्न सफल भएको जनाएको छ।

प्रतियोगितामा नेपालबाट ४४ जना खेलाडी सहभागी भएका थिए। विश्वका ७९ राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगितामा विभिन्न विधामा स्वर्ण, रजत र कांस्य गरी ८४ पदकका लागि प्रतिस्पर्धा भएको थियो।

सम्मान कार्यक्रममा वक्ताहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको योगासन खेलको बढ्दो पहिचान गौरवको विषय भएको उल्लेख गर्दै योगलाई स्वस्थ जीवनशैली, अनुशासन र राष्ट्रिय गौरवसँग जोडिएको अभ्यासका रूपमा थप विस्तार गर्नुपर्नेमा जोड दिए।

पातञ्जल योग समिति ललितपुरका पदाधिकारीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा मार्गदर्शकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्ता प्रतिभालाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा योग अभियन्ता, खेलाडी, प्रशिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

More From Author

भाजु नारद वज्राचार्यया कविता सफू ‘धुँ जंगलं पिने दु’ व मय्जु निभाः वज्राचार्यया नियात्रा सफू ‘देशय् दुने : देशं पिने’ पितब्वज्या ज्याझ्वः सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts