ललितपुर, असार १४ – अक्षेश्वर परम्परागत बौद्ध कला कलेजद्वारा आयोजना तथा ललितपुर महानगरपालिकाको सहयोगमा सञ्चालित घांय् बुट्टा लेखन तथा पौवा लेखन तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले नेपाल मण्डलको पहिचानसँग गाँसिएको परम्परागत बौद्ध कला संरक्षण र प्रवर्द्धनका लागि यस्ता सीपमूलक तालिमहरू प्रभावकारी हुने बताइन्। उनले घांय् बुट्टा लेखन र पौवा कला केवल चित्रकला नभई नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको अभिन्न हिस्सा भएकाले यसको संरक्षणमा नयाँ पुस्ताको सहभागिता अपरिहार्य रहेको उल्लेख गरिन्।

उपमेयर शाक्य बज्राचार्यले महानगरपालिकाले भाषा, कला, संस्कृति तथा सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै परम्परागत सीपलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ यस्ता तालिमलाई निरन्तर सहयोग गरिने प्रतिबद्धता व्यक्त गरिन्। तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै दक्ष कलाकारका रूपमा स्थापित हुन सहभागीहरूलाई उनले शुभकामना पनि दिइन्।

कार्यक्रमका सभापति तथा अक्षेश्वर परम्परागत बौद्ध कला कलेजका अध्यक्ष राजेश शाक्यले समापन मन्तव्यका क्रममा परम्परागत बौद्ध कलाको संरक्षणका लागि संस्थाले निरन्तर अध्ययन, अनुसन्धान र प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले लोपोन्मुख बन्दै गएका घांय् बुट्टा लेखन तथा पौवा कलाप्रति युवा पुस्ताको आकर्षण बढाउनु आजको आवश्यकता भएको उल्लेख गरे।

शाक्यले तालिम सफल बनाउन सहयोग गर्ने ललितपुर महानगरपालिका, प्रशिक्षक, आयोजक तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले मौलिक कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आगामी दिनमा व्यावसायिक तथा सांस्कृतिक क्षेत्रमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। समारोहमा कला, संस्कृति तथा सम्पदा संरक्षणसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

More From Author

न्यकू जात्रा मतयाः व्यवस्थापन समितिया ग्वसालय वय् ललितपुर महानगरपालिका वडा नं. १६ याः मूः ग्वाहालि न्यकू जात्रा मतयाः सफलतापूर्वक संचालन यानाः झीगु क्षेत्रपिं मिगु भूमिका निभाःगु संघ–संस्था, टोल सुधार समिति, स्वयंसेवक, सुरक्षाकर्मी, सहयोगी तथा स्थानीयबासीयातः अभिनन्दन ज्या झ्वः।

नेवाः पत्रकार राष्ट्रिय दबू यल कचाय् मञ्जु बज्राचार्य सर्वसम्मतिया अध्यक्ष पदय् नायः

भाजु नारद वज्राचार्यया कविता सफू ‘धुँ जंगलं पिने दु’ व मय्जु निभाः वज्राचार्यया नियात्रा सफू ‘देशय् दुने : देशं पिने’ पितब्वज्या ज्याझ्वः सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts