५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन्।

सरकारले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत भ्याट लगाउने व्यवस्था प्रस्ताव गरेको छ।

उक्त निर्णयप्रति आपत्ति जनाउँदै घिसिङले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेका हुन्। उनले सो निर्णय आम उपभोक्ताको हितविपरीत हुनुका साथै ऊर्जा रूपान्तरणको राष्ट्रिय लक्ष्य र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने अभियानसँग समेत बाझिने बताएका छन्।

घिसिङले विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा थप करको भार थोपर्नु उपयुक्त नहुने उल्लेख गर्दै सरकारलाई उक्त निर्णय पुनर्विचार गरी फिर्ता लिन आग्रह गरेका छन्। उनका अनुसार विद्युतीय उपकरण तथा सवारीसाधनको प्रयोग विस्तार गरी पेट्रोलियम पदार्थको आयात घटाउने राष्ट्रिय नीति अवलम्बन भइरहेका बेला विद्युत् उपभोगमा कर लगाउनु नीतिगत रूपमा पनि असान्दर्भिक देखिन्छ।

उनले स्वदेशी जलविद्युत् उत्पादनको खपत बढाउन, वातावरणमैत्री ऊर्जाको प्रयोग विस्तार गर्न तथा उपभोक्तालाई राहत दिन सरकारलाई करसम्बन्धी निर्णय सच्याउन आग्रह गरेका छन्।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

पाटनको मंगलबजारमा नेवाः महोत्सव सम्पन्न, सहयोगीहरू सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *