“डिजिटल मार्केटलाई कुनै बाउन्ड्रीले छेक्दैन : उपमेयर मंजली शाक्य बज्राचार्य”

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको युवा तथा महिला उद्यमशील विकास समितिद्वारा आयोजित ई–कमर्श (डिजिटल मार्केटिङ्ग) तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा मंजली शाक्य बज्राचार्यको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व संघका अध्यक्ष विश्वराज बज्राचार्यले गर्नुभएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष, पदाधिकारी, व्यवसायी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा अध्यक्ष विश्वराज बज्राचार्यले स्वागत मन्तव्य राख्दै वर्तमान समय डिजिटल प्रविधिको युग भएकाले व्यवसायलाई पनि आधुनिक प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले ई–कमर्श र डिजिटल मार्केटिङ्गले स्थानीय उत्पादन तथा सेवाको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै युवा तथा महिला उद्यमीलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन यस्ता तालिम उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

तालिमकी प्रशिक्षक कमला लामाले ई–कमर्शको आधारभूत अवधारणा, डिजिटल बजारको सम्भावना, सामाजिक सञ्जालमार्फत व्यवसाय प्रवर्द्धन, अनलाइन ब्राण्डिङ्ग तथा आधुनिक व्यापार प्रविधिबारे सहभागीहरूलाई जानकारी दिनुभएको थियो । उहाँले डिजिटल माध्यमको सही प्रयोगबाट साना तथा मझौला व्यवसायलाई समेत अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सकिने बताउनुभयो ।

प्रमुख अतिथि उपमेयर मंजली शाक्य बज्राचार्यले मन्तव्य राख्दै तालिम केवल प्रमाणपत्रका लागि नभई व्यवहारिक ज्ञान र सीपका लागि लिनुपर्नेमा जोड दिनुभयो । उहाँले “तालिम लिँदा कति पैसा आउँछ भनेर नसोच्नुस्, तालिमलाई फोकस गर्नुस् । सर्टिफिकेट मात्र लिनुको कुनै औचित्य छैन,” भन्दै तालिमपछि त्यसको सदुपयोग हुनुपर्ने महानगरपालिकाको सोच रहेको बताउनुभयो ।

उहाँले स्थानीय उत्पादन, संस्कृति तथा बजारको माग बुझेर मात्रै डिजिटल व्यापारमा सफलता हासिल गर्न सकिने उल्लेख गर्दै “कल्चरल्ली के छ भनेर मार्केट बुझ्न जरुरी छ । डिजिटल मार्केट भनेको कुनै बाउन्ड्रीले छेक्दैन,” भन्नुभयो । उहाँले प्रविधिको प्रयोगमार्फत स्थानीय उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउन सकिने बताउँदै उद्यमशीलता विकासमा महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा संघका उपाध्यक्ष सुसन महर्जनले धन्यवाद मन्तव्य व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरी व्यवसायलाई डिजिटल माध्यमसँग जोड्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

उक्त कार्यक्रमको सञ्चालन भुमिनन्दन कर्माचार्यले गर्नुभएको थियो ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

बागमती प्रदेश सरकारले प्रविधिसंगसंगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको छ – मुख्यमन्त्री बानियाँ

“शैक्षिक गुणस्तर वृद्धि” सम्बन्धी गोष्ठी भरतपुरमा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts