बागमती प्रदेश सरकारले प्रविधिसंगसंगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको छ – मुख्यमन्त्री बानियाँ

ललितपुर, ९ जेठ: बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले प्रविधिसंगसंगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको छ  भन्ने बताउनुभएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्य समिति ललितपुरद्वारा आज शनिबार यहाँ आयोजित एसईई परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशले आगामी बजेटमा प्रविधिसंगसंगै नैतिकता, अनुशासन र मर्यादासंग जोडिएको नैतिक शिक्षालाई अगाडि बढाउने बताउनुभएको हो ।
“पहिलेको पुस्ता विहान उठ्ने वित्तिकै मातापितालाई ढोग्थे, अहिले उठ्नेवित्तिकै मोबाइलमा घोप्टिने चलन छ, परम्परागत संस्कृति अनुसार मातापितालाई सम्मान गर्ने नैतिक चलन अहिले प्रविधिलाई ढोग्ने चलन आयो, प्रविधि हाम्रो ज्ञानबाट आविस्कार भएको विज्ञान हो, प्रविधिसंग सही तरिकाले काम गर्नु पर्छ।” मुख्यमन्त्री बानियाँले भन्नुभयो।
उहाँले निजी शिक्षण संस्थाहरुलाइ योग, ध्यान र प्रणयामलाई पनि प्राथमिकतामा राख्न आग्रह गर्दै यसले मानिसलाई रोग लाग्नु अगाडि नै रोगविरुद्धका कार्यहरु गर्न सक्ने अवस्था सृजना गर्ने क्षमता विकासमा सहयोग पुर्‍याउने बताउनुभएको हो।
“योग, ध्यान, प्रणयाम, साधना नैतिकताले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि मनस्थिति अनुकुल बनाएर बाँच्न सक्छ र सिक्छ, 
हाम्रो परम्पराले दिएको संस्कार र संस्कृतिको अवलम्बनले कठिन समयमा बलियो र सरल मान्छे बन्छ ।” उहाँले भन्नुभयो।
मुख्यमन्त्री बानियाँले अवको शिक्षण पद्धति प्रविधिमैत्री हुँदै नेपाल र नेपालीलाई समृद्धितर्फ अगाडि बढाउनु छ भन्दै निजी विद्यालयहरुले पनि प्रविधिमैत्रीका साथसाथै नैतिक शिक्षालाई जोड दिनुपर्छ भन्नेमा जोड दिनुभयो।
“समाजलाई विकृत गरेर द्वन्द्वतीर लैजानु हुँदैन।एआईको माध्यमबाट हुने, नहुने कुरा गरेर हामीले प्रविधिलाई दुरुपयोग गर्नुहुँदैन, प्रविधिको विकाससंगै नकारात्मक कुराहरुलाई छोडेर हाम्रो परम्परा, संस्कृति र संस्कारलाई जोड्नु पर्छ, निजी विद्यालयहरुले नैतिक शिक्षालाई प्राथमिकतामा राखुन्।” उहाँले भन्नुभयो।
मेहनत, अनुशासन र गुणस्तरीय शिक्षाले नै विद्यार्थीलाई सफलताको शिखरसम्म पुर्‍याउने भन्दै उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई बधाई दिँदै शिक्षा क्षेत्रको गुणस्तर सुधारमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र तथा पुरस्कार सहित सम्मान गर्नुहुँदै आगामी दिनमा पनि अध्ययनमा निरन्तरता दिएर मेहनत गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो। कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व, शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।—-

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

एनआरएनए र ललितपुर उद्योग वाणिज्य संघबीच सम्झौता

“डिजिटल मार्केटलाई कुनै बाउन्ड्रीले छेक्दैन : उपमेयर मंजली शाक्य बज्राचार्य”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts