संस्कृति, व्यवसाय र समाजको संगम : ‘प्वाःस्या’को पुस्तक सार्वजनिक

काठमाडौं । समाज, संस्कृति र व्यवसायलाई एकै सूत्रमा बाँध्ने प्रयासस्वरूप व्यवसायी तथा समाजसेवी रविन्द्रराज ताम्रकार ‘प्वाःस्या’को पुस्तक ‘संस्कृति, समाज व व्यवसाय’ सार्वजनिक गरिएको छ। लहना मिडियाद्वारा प्रकाशित उक्त पुस्तकमा ताम्रकारका विभिन्न समयमा लेखिएका २४ वटा लेख समेटिएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य कुलभक्त शाक्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य, नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकार, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, फोनिज अध्यक्ष लक्की चौधरी, लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ तथा प्रबन्ध सम्पादक सुरेन्द्रभक्त श्रेष्ठले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

पुस्तकमा नेपालभाषाका १३ तथा नेपाली भाषाका ११ लेख समावेश छन्। यससँगै विभिन्न पत्रपत्रिकामा प्रकाशित ताम्रकारका १७ वटा अन्तर्वार्तासमेत संग्रह गरिएको छ, जसले पुस्तकका विषयवस्तुलाई थप सन्दर्भपूर्ण बनाएको छ।

नेपालभाषाका लेखहरू विशेषतः सांस्कृतिक र सामाजिक विषयमा केन्द्रित छन्। ताम्रकार समाजको नेतृत्व सम्हाल्दा लेखिएका ती सामग्रीमा जावलाखेलस्थित श्री उग्रचण्डीमाईको इतिहास, अभिलेख, ताम्रकार समाजका गतिविधि, सामाजिक व्यवहार सुधार, रातो मच्छिन्द्रनाथ जात्रामा मिननाथको भूमिका, भीमसेन पूजा तथा गुठी विधेयकविरुद्ध भएका आन्दोलनजस्ता विषय समेटिएका छन्।

त्यसैगरी नेपाली भाषाका लेखहरू आर्थिक विकास, उद्योग तथा हस्तकला क्षेत्रसँग सम्बन्धित छन्। ललितपुर उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारीमा रहँदा लेखिएका ती लेखहरूमा तामा–पित्तल व्यवसायका चुनौती, हस्तकला उद्योगको अवस्था, निर्यात व्यापार, सहकारी अभियान तथा ललितपुरको आर्थिक सम्भावनाबारे विश्लेषण गरिएको छ।

समारोहमा वक्ताहरूले ताम्रकार परिवारले पुस्तौंदेखि व्यवसायसँगै सामाजिक तथा सांस्कृतिक दायित्वलाई कसरी निरन्तरता दिएको छ भन्ने बुझ्न पुस्तक उपयोगी दस्तावेज बनेको बताए। उनीहरूले पुस्तकको आवरणले समेत परम्परागत व्यवसाय र सांस्कृतिक पहिचानबीचको सम्बन्धलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको धारणा राखे।

लेखक ताम्रकारले लेखन आफ्नो दीर्घकालीन रुचि रहेको उल्लेख गर्दै व्यावसायिक व्यस्तताबीच पनि अध्ययन र लेखनलाई निरन्तरता दिँदाको परिणामस्वरूप पुस्तक प्रकाशन सम्भव भएको बताए।
“सानैदेखि लेख्ने र पढ्ने बानीलाई सामाजिक तथा व्यावसायिक यात्रासँग जोडिरहेँ, त्यसैको परिणाम यो पुस्तक हो,”

More From Author

लोकप्रियताको आडमा जनताको माग र मुद्दालाई छायाँमा पार्ने हामीलाई छुट छैन – सभापति लामिछाने

वरिष्ठ पत्रकार सुनिल महर्जन लहना सम्मानबाट सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *