नेपाल सरकार ले फागुन २१ गते हुने प्रतिनिधि सभाको आगामी निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न मतदाता, सुरक्षाकर्मी तथा निर्वाचनकर्मीलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त निर्णय गरिएको हो। बिदाले मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न अनुकूल समय प्रदान गर्ने विश्वास सरकारले व्यक्त गरेको छ।
उक्त निर्णयसँगै निर्वाचनको तयारी तीव्र पारिएको छ भने सम्बन्धित निकायहरू आवश्यक व्यवस्थापनमा जुटेका छन्।
