नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता सम्मान

नयाँ दिल्ली ।

दक्षिण एसियामा शान्ति स्थापना र क्षेत्रीय सहकार्यमा पत्रकारिताको भूमिकाबारे गम्भीर छलफल गरिएको अन्तर्राष्ट्रिय सम्मेलन भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ। भारतस्थित भारतीय विद्यापीठ र सार्क जर्नलिस्ट फोरम (इन्डिया च्याप्टर) को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटानलगायतका देशका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनको उद्घाटन भारतीय विद्यापीठका निर्देशक प्रोफेसर एम.एन. होदा को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव मो. अब्दुर रहमान, फोरमकी सदस्य इस्मिता मिश्र, श्रीलङ्का च्याप्टरका अध्यक्ष राहुल सामन्था, इन्डिया च्याप्टरका अध्यक्ष अनिरुद्ध सुधांशु लगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा भुटानका अन्तर्राष्ट्रिय सदस्य रिन्जिन वाङचुक तथा पाकिस्तान च्याप्टरका महासचिव हुश्नयन चौधरी ले भिडियो सन्देशमार्फत सम्मेलनलाई सम्बोधन गर्दै दक्षिण एसियामा शान्ति, स्थायित्व र सहकार्यका लागि पत्रकारिताको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका थिए।

सम्मेलनमा सहभागी वक्ताहरूले सार्क क्षेत्र राजनीतिक, सामाजिक र आर्थिक दृष्टिले चुनौतीपूर्ण भए पनि सत्य, जिम्मेवार र निष्पक्ष पत्रकारितामार्फत शान्ति स्थापनामा सकारात्मक योगदान दिन सकिने धारणा व्यक्त गरे।

यसै अवसरमा सार्क जर्नलिस्ट फोरम, इन्डिया च्याप्टरद्वारा स्थापित ‘तृतीय युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०२६’ बाट

नेपालका नृपेन्द्रलाल श्रेष्ठ,

भारतका शशिभूषण कुमार,

र श्रीलङ्काका एक अग्रणी पत्रकारलाई सम्मान गरिएको थियो।

त्यसैगरी कार्यक्रममा राजु लामा, अब्दुर रहमान, राहुल सामन्था, रुद्र सुवेदी, सदाव मालिक, दीपेन्द्र प्रजापती, शैलेश साह कानु, अभिलाष गुप्ता, अजमत अली लगायत विभिन्न देशका पत्रकारहरूलाई पनि अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको आयोजकले जनाएको छ।

सम्मानित पत्रकारहरूले यो सम्मानले दक्षिण एसियामा शान्ति, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अझ जिम्मेवार पत्रकारिता गर्न प्रेरणा मिलेको प्रतिक्रिया व्यक्त गरेका छन्।

More From Author

लोकतन्त्रवादीले हार्दा देशले हार्छ – कांग्रेस नेता श्रेष्ठ

सुशासन पुरस्कार–२०८२ बाट सुनील महर्जन सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *