ललितपुर महानगरले शारदा पुस्तकालय पुनः सञ्चालन गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाले २०४६ सालपछि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय पुनः सञ्चालन गर्ने भएको छ।

आइतबार आयोजित ऐतिहासिक शारदा पुस्तकालय पुनः सञ्चालन सम्बन्धी छलफल कार्यक्रम मा महानगर प्रमुख चिरीबाबु महर्जनले शारदा पुस्तकालय महानगरको नयाँ भवनमा सञ्चालन गरिने जानकारी दिनुभयो।

२०४६ सालको जनआन्दोलनअघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालन हुँदै आएको थियो। नगर प्रमुख महर्जनका अनुसार आन्दोलनका क्रममा सो भवन ध्वस्त भएपछि पुस्तकालय पनि बन्द हुन पुगेको थियो। लामो समयदेखि सञ्चालनमा नरहेको उक्त पुस्तकालयलाई अब महानगरपालिकाले पुनर्जीवित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो।

शारदा पुस्तकालय पुनः सञ्चालनका लागि संस्कृतिविद् सत्यमोहन जोशीले पटक–पटक सुझाव र स्मरण गराउँदै आएको नगर प्रमुख महर्जनले उल्लेख गर्नुभयो। उहाँले महानगरले सञ्चालन गर्ने पुस्तकालयले जेन–जी पुस्ताको आवश्यकता र मागलाई समेत सम्बोधन गर्ने दाबी गर्नुभयो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले पुस्तकालय सञ्चालनका लागि आवश्यक कर्मचारी, नीति तथा नियम तयार गरी अघि बढ्ने बताउनुभयो।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले महानगरद्वारा सञ्चालन गरिने पुस्तकालयलाई केन्द्रीय पुस्तकालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले बालबालिका तथा ज्येष्ठ नागरिकको आवश्यकता समेट्ने खालको पुस्तकालय विकास गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल राष्ट्रिय पुस्तकालयकी सुजाता पौडेलले शारदा पुस्तकालय सञ्चालनमा राष्ट्रिय पुस्तकालयको तर्फबाट सहकार्य रहने बताउनुभयो। त्यस्तै, मदन पुस्तकालयका दीपक अर्यालले शारदा पुस्तकालयलाई कला, संस्कृति, सम्पदा र भाषामा केन्द्रित गर्दै अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा पूर्वाधार विकास समिति संयोजक चन्द्रलाल महर्जन, सुशासन तथा संस्थागत विकास समिति संयोजक श्री गोपाल महर्जन, शहरी योजना व्यवस्थापन समिति संयोजक गणेश के.सी. लगायतको उपस्थिति रहेको थियो। साथै, महानगरका निर्देशक देवप्रसाद गुरागाईंको समेत सहभागिता थियो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

अहिले देश विभिन्न चुनौती र अन्योलको अवस्थामा छ। यस्तो बेला देशको सम्पूर्ण माहोललाई नेतृत्व गर्नसक्ने र जनतालाई सही दिशामा अघि बढाउन सक्ने शक्ति

लोकतन्त्रवादीले हार्दा देशले हार्छ – कांग्रेस नेता श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts