प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ललितपुर क्षेत्र नं. २ : निर्वाचन क्षेत्रगत विवरण

ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत ललितपुर क्षेत्र नं. २ मा कुल ८९ हजार ८२ मतदाता रहेका छन्। निर्वाचन आयोग, नेपालका अनुसार यस निर्वाचन क्षेत्रमा ४३ हजार २९८ पुरुष र ४५ हजार ७८४ महिला मतदाता छन्। पुरुष मतदाताको प्रतिशत ४८.६० र महिला मतदाताको प्रतिशत ५१.४० रहेको छ।

यस क्षेत्रमा ३९ मतदान स्थल र १०४ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी कुल २३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

उम्मेदवारहरूको विवरण

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट प्रेमबहादुर महर्जन (५९), नेपाली काँग्रेसबाट प्रेमकृष्ण महर्जन (५९), नेपाल कम्युनिष्ट पार्टीबाट राजेन्द्र अमात्य (५३), राष्ट्रिय स्वतन्त्र पार्टीबाट रघुवर राज थापा (५६), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रीहीणि कस्ती (५४), नेपाल मजदुर किसान पार्टीबाट चिरी मैया महर्जन ‘लाखाजु’ (४७), जनता समाजवादी पार्टी, नेपालबाट कृष्ण महर्जन (३२), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्ण महर्जन (४४), मंगोल नेशनल अर्गनाइजेसनबाट रमेश आचार्य (३७), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट खेम प्रसाद श्रेष्ठ (६४), नेशनल रिपब्लिक नेपालबाट सरोज राई (३८), श्रम संस्कृति पार्टीबाट अष्ट राज बज्राचार्य (५३), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट राजा राम तण्डुकार (५२) तथा उज्यालो नेपाल पार्टीबाट डोलेन्द्र राज भट्टराई (५४) उम्मेदवार रहेका छन्।

त्यसैगरी आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट लखिन्द्र कुमार साह (२९) उम्मेदवार छन्।

स्वतन्त्र उम्मेदवार

यस निर्वाचन क्षेत्रमा ७ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। उनीहरूमा उमङ्ग के.सी. (३५), ओम राज बज्राचार्य (४९), कृष्ण खड्का (४०), बाबु राज बज्राचार्य (५८), मंगल कृष्ण श्रेष्ठ (५४), रबिराज पौडेल (४४) र रविन्द्र अमात्य (४७) रहेका छन्।

समावेशी प्रतिनिधित्व

उम्मेदवारहरूको समावेशी विवरणअनुसार

  • आदिवासी/जनजाति : ६५.२२ प्रतिशत
  • खस आर्य : ३०.४३ प्रतिशत
  • मधेशी : ४.३५ प्रतिशत

रहेका छन्। यस निर्वाचन क्षेत्रमा १६ वटा राजनीतिक दल सहभागी छन्। उम्मेदवारमध्ये २१ जना पुरुष र २ जना महिला रहेका छन्।

ललितपुर क्षेत्र नं. २ मा यसपटकको निर्वाचनमा उम्मेदवारहरूको संख्या, दलगत विविधता र समावेशी प्रतिनिधित्वका कारण चुनावी प्रतिस्पर्धा रोचक र चासोपूर्ण बनेको छ।

More From Author

आक्रोशबाट जन्मिएकोभन्दा देशको भविष्यप्रति जिम्मेवार पार्टीलाई मतदान गर्नुपर्ने : प्रवक्ता चालिसे

कोन्ज्योसोम भारदेउको पर्यटन प्रवर्द्धनका फोटो प्रदर्शनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *