काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ। निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया अघि बढाइएको हो।

प्रत्यक्षतर्फ उम्मेदवारी दिन इच्छुक उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै, एक जना प्रस्तावक र एक जना समर्थकको विवरणसहित मनोनयनपत्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सरकारी स्वामित्व तथा अनुदान प्राप्त संस्थामा बहाल रहेका व्यक्तिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिएको निस्सा पेस गर्नुपर्ने आयोगले जनाएको छ। राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिने हकमा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट जारी औपचारिक मनोनयन पत्र पनि आवश्यक पर्नेछ।

उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद बुझाउनुपर्नेछ। महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई धरौटी रकममा ५० प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि स्थानीय तहको सिफारिस पत्र अनिवार्य हुनेछ।

यसका अतिरिक्त उम्मेदवारले स्वघोषणा पत्र, वैयक्तिक विवरण फाराम, सम्पत्ति विवरण, पेस्की फछ्र्योट तथा बेरुजु फछ्र्योटसम्बन्धी आवश्यक कागजातहरू पनि पेस गर्नुपर्नेछ।

मनोनयन दर्ता सुरु भएसँगै देशभर राजनीतिक दलहरूको गतिविधि तीव्र बनेका छन् भने निर्वाचन कार्यालय वरपर चुनावी चहलपहल उल्लेख्य रूपमा बढेको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

सर्वोच्च अदालतको पूर्ण इजलासद्वारा नदी किनार थप २० मिटर छोड्ने फैसला उल्टाइयो

ललितपुरमा १० दिने सुनचाँदी जाँचकी तालिम सम्पन्न, प्रमाणपत्र वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts