सत्य–तथ्यमा आधारित दस्तावेज प्रस्तुत गर्न आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक प्रभावका कारण नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउँदै सत्य–तथ्यमा आधारित दस्तावेज प्रस्तुत गर्न आग्रह गर्नुभएको छ। वास्तविक प्रमाण उपलब्ध भए सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्षका रूपमा स्थापित गर्न आफूले पहल गर्ने उहाँको भनाइ छ।

नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठको ११०औँ जन्मजयन्तीका अवसरमा उहाँको योगदानबारे चर्चा गरियो। कार्यक्रममा सञ्चारकर्मी प्रकृति अधिकारीलाई प्रेस स्वतन्त्रता सेनानी पुरस्कार ११४६ र वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान ११४६ प्रदान गरियो। साथै तेस्रो मिडिया कप फुटसल प्रतियोगिताका विजेता टोलीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पत्रकार, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

More From Author

मदनराज ताम्राकारद्वारा लिखित ‘अतीतको झझल्को’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *