ललितपुरमा नेपाल अर्बुद रोग निवारण संस्थाको २५औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर, मंसिर २७ — नेपाल अर्बुद रोग निवारण संस्था ललितपुर जिल्ला शाखाको २५औं वार्षिक साधारण सभा आज शनिबार ललितपुरको लगनखेलस्थित द क्लिफ रेष्ट्रो (कर्मचारी सञ्चय कोष भवन) मा एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष शैलेन्द्र लाल प्रधानको सभापतित्वमा सम्पन्न सभामा केन्द्रीय पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा संघका महासचिव किरण श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अशोक श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल पश्चात् सभाले दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा संस्थाका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर बस्नेत तथा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्व बज्राचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले अर्बुद (क्यान्सर) रोग निवारण तथा जनचेतनामा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो।

सभाको अन्त्यमा संस्थाका कार्यसमिति सदस्य अजर मान जोशीले सम्पूर्ण अतिथिगण, आमन्त्रित व्यक्तित्वहरू, सदस्य महानुभावहरू तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सदस्य माधव सिल्वालले गर्नुभएको थियो।

More From Author

हस्तकला क्षेत्रले देशको पहिचान जोगाउँदै अर्थतन्त्र चलायमान बनाएको छ : मन्त्री सिन्हा

उज्यालो नेपाल पार्टीद्वारा ललितपुर जिल्ला तदर्थ समिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *