राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी क्षेत्रलाई आधुनिक र पारदर्शी बनाउन लक्ष्यसहित नयाँ अनलाइन सफ्टवेयर प्रणाली औपचारिक रूपमा शुभारम्भ गरेको छ। अबदेखि सहकारी संस्थाको दर्ता, नवीकरण, तथा अभिलेखिकरणका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा डिजिटल माध्यमबाट नै सञ्चालन हुनेछन्।

नयाँ प्रणाली कार्यान्वयनसँगै सेवा प्राप्ति अझ छरितो, सजिलो, र पारदर्शी हुने प्राधिकरणको विश्वास रहेको छ। यसले सहकारीहरूको तथ्यांक व्यवस्थापन, अभिलेखीकरण, नियमन तथा अनुगमनमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ।

सम्बन्धित सबै सहकारी संस्था, पदाधिकारी तथा सरोकारवाला पक्षलाई अबदेखि प्रक्रियागत सबै कार्यका लागि निम्न अनलाइन प्रणाली (URL/Link) प्रयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ

More From Author

प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई औपचारिक शिक्षामा रूपान्तरण– गोकर्णेश्वर नगरपालिकाको पहल

इखाछेंमा कल्चरल फेस्टिवल हुंदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *