ललितपुर सुनचाँदी व्यवसायी संघको इतिहासमै पहिलो पटक ललितपुर जिल्लाभित्रका वस्तुगत संघ/संस्थाबाट यसरी औपचारिकरूपमा संघमा आइ अवलोकन भ्रम

आज मिति २०८२ साल मंसिर ५ गते, शुक्रबार, ललितपुर सुनचाँदी व्यवसायी संघको आसन्न १३औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएका अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई ललितपुर रेन्टल क्याटरिङ तथा पार्टी प्यालेसका अध्यक्ष श्री हिमकिशोर राई, वरिष्ठ उपाध्यक्ष श्री बाबुराजा महर्जन, सहसचिव श्री सहदेव अधिकारी, कार्यसमिति सदस्यहरू श्री राजु शाक्य, श्री राम महर्जन लगायतका dignitaries र मित्रहरू आज संघको संस्थागत भवनमा उपस्थित भई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

उक्त अवसरमा प्रतिनिधि मण्डलले संघको संस्थागत भवन, कार्य सञ्चालन प्रणाली, संरचनागत व्यवस्था र संघका चालू क्रियाकलापहरूको अवलोकन भ्रमण समेत गरेको छ। साथै, सुन–चाँदी व्यवसायसँग सम्बन्धित समसामयिक चुनौती, भविष्यमुखी योजना, व्यवसायिक समन्वय तथा पारस्परिक सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो।

ललितपुर सुनचाँदी व्यवसायी संघको इतिहासमै पहिलो पटक ललितपुर जिल्लाभित्रका वस्तुगत संघ/संस्थाबाट यसरी औपचारिकरूपमा संघमा आइ अवलोकन भ्रमण तथा बधाई ज्ञापन गर्ने परम्परा सुरु भएको हुँदा यसलाई संघका पदाधिकारीहरूले अत्यन्तै सकारात्मक रूपमा लिएका छन्।

More From Author

नेपाल भाषा मंकाः खलः—आगामी नेतृत्व चयनको तीब्र प्रतिस्पर्धा 

नेपाल भाषा मंकाः खलः यलमा नयाँ नेतृत्व : महेन्द्रलाल महर्जन अध्यक्षमा निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *