मा. पूर्व मन्त्री रामकृष्ण चित्रकारले विशेष मन्तव्य

ललितपुर । बौद्ध धर्म, संस्कृति र सामाजिक उत्थानका क्षेत्रमा पाँच दशकदेखि क्रियाशील बौद्ध बिहार संघ यलको ५०औं वार्षिक स्वर्ण जयन्ती समारोह आइतबार ललितपुरमा सम्पन्न भयो। समारोहमा मा. पूर्व मन्त्री रामकृष्ण चित्रकारले विशेष मन्तव्य राख्दै संघको योगदानप्रति उच्च प्रशंसा व्यक्त गरे।

सम्बोधनका क्रममा चित्रकारले बौद्ध बिहार संघले विगत ५० वर्षमा धार्मिक, सांस्कृतिक संरक्षण, समुदायिक सेवा, युवा पुस्तामा नैतिकता र अनुशासन प्रवर्द्धन तथा संकटका समयमा राहत–उद्धार कार्यमार्फत उल्लेखनीय भूमिका निभाएको बताए।

उनले भने, “बौद्ध धर्मले सिकाउने करुणा, मैत्री र मध्यम मार्गलाई व्यवहारमा उतार्दै संघले समाजलाई स्थिर, समावेशी र सचेत बनाउने कार्य गरेको छ। यस्ता संस्थाहरूले हाम्रो सांस्कृतिक पहिचानलाई जोगाएर मात्र होइन, भावी पुस्तालाई सही मार्गदर्शन पनि दिइरहेका छन्।”

स्वर्ण जयन्ती उत्सवलाई संघको पाँच दशकको समर्पण, साधना र संस्थागत यात्राको ऐतिहासिक उपलब्धिका रूपमा चित्रकारले व्याख्या गरे। उनले संघका संस्थापक, पूर्वअध्यक्ष, पदाधिकारी, भिक्षु–गुरुजन तथा स्वयंसेवकहरूको निरन्तर योगदानप्रति धन्यवाद प्रकट गर्दै आगामी दिनमा संघले आध्यात्मिक शिक्षा विस्तार, सम्पदा संरक्षण र समुदायिक सहयोगमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा विभिन्न विहारका प्रतिनिधि, समुदायका अगुवाहरू, गुरुजन, सांस्कृतिक अभियन्ता तथा स्थानीयवासीको उपस्थितिमा स्वर्ण जयन्ती संपन्न भयो!

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

बौद्ध विहार संघ यलका पूर्व अध्यक्ष पुष्परत्न शाक्यज्यूको बहुआयामिक योगदान : सम्मानित

जेन्जी आन्दोलन र आदिवासी जनजातिको सरोकार — अध्यक्ष रामबहादुर थापा मगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts