युग नायक अमर कलाकार स्वतन्त्र संसार महर्जनको आत्मवृत्तान्त लोकार्पण हुने

ललितपुर, असोज २९ —

आफ्नो कलाकारिता र अद्वितीय प्रतिभाद्वारा समाजमा गहिरो छाप छोड्दै जीवनको कठिन यात्रामा पनि कलाको साधनामा समर्पित कलाकार स्वतन्त्र संसार महर्जन गत असार २८ गते अकस्मात् निधन भएका थिए। “दैवको लीला अपरम्पार” भन्ने भनाइझैं, उनी असाध्य रोगसँग लामो समयदेखि संघर्ष गर्दै पनि ह्वीलचेयर र सहयोगीको सहायतामा निरन्तर कलाको यात्रामा सक्रिय रहेका थिए।

महर्जनले आफ्नो जीवनकालमै आत्मवृत्तान्त लेखनको थालनी गरेका थिए। उक्त कृति लेखक दिपक विवश ‘आँशु’ द्वारा लेखिएको हो, जसको शीर्षक “स्वतन्त्र संसार महर्जन (झीरमा उनेको मान्छे)” राखिएको छ। लेखक आँशुका अनुसार, यो कृति केवल आत्मकथा मात्र नभई “युग नायक अमर कलाकार”को जीवन परिचय र प्रेरणाको स्रोत हो। उनले भने, “यो उपाधि कुनै कल्पना होइन, सत्यताको परिचायक हो।”

स्वतन्त्र संसार महर्जनले संसार क्रियसन्स नेपाल र संसार्स संगीतालय जस्ता संस्थामार्फत नेपाली कलाकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए।

स्वर्गीय कलाकार महर्जनको आत्मवृत्तान्त “स्वतन्त्र संसार महर्जन (झीरमा उनेको मान्छे)” को लोकार्पण समारोह आगामी ने.सं. ११४५ कौलागा त्रयोदशी (कार्तिक २ गते, आइतवार) का दिन ललितपुरको खोकना क्याटरिङ पार्टी भेन्यू, कार्यविनायक, बुंगमतीमा बिहान ११ बजे आयोजित हुने भएको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

इप्पानको चेतावनी : सेयर निष्काशनमा ढिलाइ भए आन्दोलनमा जाने

काठमाडौँमा एनएफसी चिप प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts