लोंल टोल ललितपुरमा आकाश भैरव (हाथो भैलः आजु) प्रतिमा पुनःस्थापना Restoring Akash Bhairav ​​(Hatho Bh

ललितपुर भाद्र १८ -ः नेवा सभ्यता र सँस्कृतिको संरक्षण तथा पुनर्जीवनका लागि महत्वपूर्ण कदम स्वरूप, लोंल टोलमा आकाश भैरव (हाथो भैलः आजु) को प्रतिमा पुनःस्थापना कार्य औपचारिक रूपमा यहि आउँदो भाद्र २१ गते शनिबार र भाद्र २२ गते आईतबारका दिन विशेष पूजाआजा गरी सु-सम्पन्न हुने जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं । यो कार्यक्रम लोंल टोल सुधार समिति र लोंल युवालयको सहकार्य र समन्वयमा आयोजना हुँदैछ ।

काठमाण्डौं उपत्यकाको करिब तीन हजार वर्ष पुरानो इतिहास बोकेको आकाश भैरव पूजा नेवा समुदाय, विशेषतः ज्यापु जातिको मौलिक परम्परा हो, जसले इन्द्र जात्रा (येंयाः पुन्ही) को अवसरमा विशेष महत्व पाएको छ । यही गौरवशाली परम्परा लोंल टोलमा पनि करीब २ शताब्दी अघि रहेको थियो भन्ने कुरा अघिल्ला पुस्ताले वर्णन गर्दथे । यद्यपि समय र परिस्थितिवश यो परम्परा कालान्तरमा लोप हुँदै गयो । यसरी हराउँदै गएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदालाई पुनर्जीवित गर्दै, यसै वर्षदेखि निरन्तरता दिने लक्ष्यसाथ प्रतिमा निर्माण कार्य समाप्त गरी यस वर्षको इन्द्रजात्राको सुअवसरका दिन स्थापना गरिनेछ ।

यस धार्मिक कार्यको कुल अनुमानित लागत रु. २५,००,०००।- (पच्चीस लाख रुपैंया मात्र) रहेको छ । यसको लागि लोंल टोल सुधार समिति र लोंल युवालयले आह्वान गरेको कोष संकलन अभियानमा मुख्यतः स्थानीय टोलबासीहरूले नै स्वेच्छिक रुपमा आर्थिक योगदान गरेका छन् । यस बाहेक अन्य शुभेच्छुक तथा धार्मिक आस्थावान महानुभावहरूले पनि आ-आफ्नो गच्छे र इच्छा अनुरुप थप सहयोग गर्नु भएको छ ।

यसरी छोटो अवधिमै आवश्यक कोष स्थानीय तहबाट नै संकलन गरी लॉल टोल सुधार समिति र लोंल युवालयको संयुक्त प्रयासमा आयोजना हुने यस कार्यले हाम्रो टोलको मौलिक पहिचान पुनः स्थापित गर्दै संस्कृति जगेर्ना गर्न उल्लेखनीय योगदान पुऱ्याउनेछ भन्नेमा हामी विश्वस्त छौं। साथै यस ऐतिहासिक कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान गर्नु हुने सम्पूर्णप्रति हामी हृदयदेखि कृतज्ञ छौ ।

लॉल टोल सुधार समिति र लोंल युवालय (लॉल टोल आकाश भैरव पुनःस्थापना व्यवस्थापन समिति)

२०८२ भाद्र १७ गते बुधबार (ने.सं. ११४५ अंलाथ्व एकादशी)

युवालय

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

“एक विद्यालय — एक सम्पदा” अभियान सुरू, विद्यार्थीले मठमन्दिरदेखि ढुंगेधारासम्म संरक्षण गर्ने

मदन स्मृति निबन्ध प्रतियोगिता सिरपाः लःल्हायेग ज्याझ्वः madan smriti essay competition

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts