काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युवा नेताहरूको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन स्विट्जरल्यान्ड

काठमाडौं भाद्र १४ -ः काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युवा नेताहरूको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन्।

भदौ १७ गतेदेखि १९ गतेसम्म द फोरम अफ यङ ग्लोबल लिडर्सले आयोजना गर्ने यो सम्मेलन नयाँ युगलाई हाँक्न आवश्यक नेतृत्व तयारीका लागि गरिएको हो। सम्मेलनमा शिक्षा, कला, खेल, व्यापार, नागरिक समाज, मिडिया, सामाजिक उद्यमशीलता तथा जनप्रतिनिधिसहित विभिन्न क्षेत्रका ४० वर्षमुनिका युवा नेताहरू सहभागी हुँदैछन्।

डंगोलले यस अवसरलाई महत्त्वपूर्ण अनुभवको रूपमा लिँदै भनिन्—

“युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो। यसले फरक परिवेशका सम्भावनाहरू बुझ्न अवसर दिनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विभिन्न विधामा नेतृत्व गर्ने युवाहरू एउटै ठाउँमा हुनु हो। यसले विश्वको परिवेश बुझेर आफ्नो क्षेत्रलाई अगाडि बढाउन परिपक्वता दिनेछ।”

उनका अनुसार, सम्मेलनले परिवर्तनशील संसारको नेतृत्वमा साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्यलाई मूर्त रूप दिन अपेक्षा राखिएको छ। उपप्रमुख डंगोलले सम्मेलनमा दुइटा प्रस्तुती दिनेछिन्।

लगएको वैशाखमा उनलाई विश्व आर्थिक मञ्च (WEF) २०२५ का लागि युवा विश्व नेता (Young Global Leader) का रूपमा चयन गरिएको थियो। उनी दक्षिण एशियाबाट छानिएका ११ प्रतिनिधिमध्ये एक हुन्। यो समूहमा ५० भन्दा बढी देशका ११६ जना युवा नेताहरू छन्, जसमा सात क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै डंगोल चयन भएकी हुन्।

यसअघि उनी विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हबको सदस्यसमेत रहेकी थिइन्।

More From Author

जर्मन संस्था SES को प्राबिधिक सहयोगमा “आभुषण डिजाईन तथा सीप बिकास तालिम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *