
ललितपुर भाद्र १७ -ः ललितपुर महानगरपालिका उद्योग संस्कृति तथा पर्यटन सरक्षण समिति को कार्यक्रम सहयोग, ललिलतपुर सुनचाँदी ब्यबसायी संघ र सम्यक आजीवीका अध्ययन केन्द्र ललितपुरको संयुक्त आयोजना एवं जर्मन संस्था SES को प्राबिधिक सहयोगमा “आभुषण डिजाईन तथा सीप बिकास तालिम”को विधिवत समुद्घाटन सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्री सुबिन बज्राचार्यले भन्नु भयो ललितपुर सुनचांदी व्यबसायी संघले स्थापनाकाल देखिनै स्वरोजगार बनाउनु पर्छ भन्ने मान्यता राख्दै विभिन्न तालिम दिदै आएको जानकारी गराउदै सुनको मुल्य बृद्दीको कारणले ब्यवसाय धरासायी भएको र हामी स्वरोजगार हुंदा विदेशी कालिगडहरुको लागत लिन आग्रह, प्रमुख अतिथिका रूपमा ललितपुर महानगरपालिकाकी उप–प्रमुख श्रीमती मञ्जली शाक्य बज्राचार्यले पानसमा दीप प्रज्वलन गर्दै तालिमको उद्घाटन गर्नुभयो। उद्घाटन पछि वहां भन्नु भयो आफु संग भएको सिप सिकाउन विदेशबाट आउनु भएकोमा स्वागत गर्दै ज्वलरीको तालिम मात्र होईन बजार को पनी तलिम दिनु हुन्छ हामीले ओपन कल नगरी दक्षहरुको लागिमात्र तालिम दिने र १० जना भनिएकोमा १५ जना सहभगी गराउदै तनमन ले सिक्न आग्रह । गहना बनाउने सिप लाई जोगाउनु पर्छ हाम्रो दायित्व हो र लोकल बजारले मात्र धान्दैन यस्लाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु पर्छ । क्वाईलिटी टाईम दिएर सिक्न आग्रह !

सो अवसरमा समितिका संयोजक श्री विकासमान श्रेष्ठले भन्नु भयो हामी बोल्ने भन्दा काम गर्ने ,तालिममा सहभागीहुनेहरु ले तालिम लिई सके पछि अरुलाई सिकाउन सक्ने गरी तालिम लिनुहोला सिपले आर्थिक उन्नती हुने जानकारी , निर्देशक श्री खगेन्द्र वस्ती, सदस्य–सचिव श्री ज्ञानेन्द्र कुमार श्रेष्ठ, नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष श्री ज्योति रत्न बज्राचार्य, सम्यक आजीविका अध्ययन केन्द्रका अध्यक्ष श्री बिरकाजी शाक्य, सहजकर्ता एवं संस्थापक अध्यक्ष श्री किशोर भाइ बज्राचार्य लगायत पदाधिकारी, संघका सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन महासचिव श्री बिपिन शाक्यले गर्नुभएको थियो भने तालिम व्यवस्थापनका लागि गठित उपसमितिको संयोजक श्री सञ्जय शाक्य हुनुहुन्छ।