ऐतिहासिक पर्व येंया (इन्द्रजात्रा)

काठमाडौं उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्व येंया (इन्द्रजात्रा) नजिकिँदै छ। यस पर्वको प्रमुख आकर्षणमध्ये एक मानिने यःसिं (इन्द्र ध्वज) यसपालि पनि परम्परागत ढंगले नालाबाट भोटाहिटी ल्याइने भएको छ।

परम्पराअनुसार भाद्र १५ गते नगर प्रवेश गराइएको योसिंलाई हनुमानढोका दरबारस्थित कालभैरव अगाडि राखिन्छ। त्यसपछि भाद्र १९ गते बिहिबार विशेष साइत हेरेर यःसिं थनेगु (इन्द्र ध्वजोत्थान) अर्थात् ध्वजोत्थान विधि सम्पन्न गरिनेछ।

धार्मिक आस्था, वर्षाको कृपा र समुदायको एकतालाई प्रतिनिधित्व गर्ने यो ध्वज केवल काठ र बाँसको संरचना मात्र नभई इन्द्रदेवलाई समर्पित सांस्कृतिक प्रतीक मानिन्छ। शताब्दीऔंदेखि निरन्तर चलिआएको यो परम्पराले काठमाडौंलाई आज पनि जीवित इतिहास र संस्कृतिको राजधानीका रूपमा चिनाइरहेको छ।

More From Author

हार्दिक बधाई तथा शुभकामना

कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *