हार्दिक बधाई तथा शुभकामना

ललितपुर भाद्र १३ सुर्य षष्ठी -ः ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य तथा ललितपुर वोमन चेम्बरले ललितपुरका नयाँ प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

चेम्बरका अध्यक्षको तर्फबाट जारी शुभकामना सन्देशमा ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्व बोकेको ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हाल्नु भएकोमा स्वागत गर्दै, उहाँको कार्यकाल सुखद, अविस्मरणीय एवं शान्ति–सुरक्षाको वातावरण मजबुत बनाउन प्रभावकारी नेतृत्व हुनेछ भन्ने विश्वास व्यक्त गरिएको छ ।

सन्देशमा चेम्बरले विगतदेखि नै जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गर्दै विपद् व्यवस्थापन समिति, दररेट निर्धारण समिति लगायतका विषयगत कार्यक्रममा सरसल्लाह र सुझाव दिँदै आएको उल्लेख छ । साथै, उद्यमी तथा व्यवसायीहरुको हितमा आवश्यक हुने विभिन्न कार्यक्रम र सामाजिक गतिविधिहरूमा समेत चेम्बर सधैं इमान्दारीपूर्वक कर्तव्य निर्वाह गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पूर्व प्रमुख जिल्ला अधिकारीहरूसँग जस्तै घनिष्ठ साझेदारी र सहकार्य गर्दै जाने अपेक्षा गर्दै चेम्बरले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेज्यूको कार्यकाल पूर्ण सफल रहोस् भन्ने शुभकामना प्रकट गरेको छ ।

More From Author

LMC Hatbazaar App Launch and Entrepreneurship Orientation Program for Public Representatives

ऐतिहासिक पर्व येंया (इन्द्रजात्रा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *