ऋषि पञ्चमी पर्व देशभर विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदै

काठमाडौं भाद्र १२ -ः आज भाद्र शुक्ल पञ्चमीको दिन ऋषि पञ्चमी पर्व देशभर विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदैछ । हिन्दु धर्मशास्त्रअनुसार यो दिन विशेषगरी महिलाहरूले सप्तऋषिहरू — कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ — लाई पूजा आराधना गर्ने प्रचलन छ। महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

ऋषि पञ्चमी पर्वको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ। वेदिक सनातन परम्परामा यसलाई महिलाको यौन तथा प्रजनन स्वास्थ्यसँग पनि गहिरो रूपमा जोडिएको पाइन्छ। महिनावारीका दिनहरूलाई धार्मिक ग्रन्थहरूले प्रतीकात्मक रूपमा चार देवीहरू का रूपमा व्याख्या गरेका छन्ः

  • पहिलो दिनः चाण्डालिनी
  • दोस्रो दिनः ब्रह्मघातिनी
  • तेस्रो दिनः धोबिनी
  • चौथो दिनः स्नान गरी शुद्धीकरण

यस विश्वासअनुसार, महिलाले महिनावारी अवधिभर विभिन्न प्रतिबन्ध तथा शुद्धीकरणका प्रक्रिया पालना गर्ने चलन रहँदै आएको छ। आधुनिक स्वास्थ्य विज्ञानले पनि महिलाको प्रजनन चक्रलाई संवेदनशील समय मानेर स्वच्छता, विश्राम र पौष्टिक आहार को आवश्यकता जोड दिएको छ।

यसरी, ऋषि पञ्चमी धार्मिक आस्था मात्र नभई सामाजिक–स्वास्थ्य सम्बन्धी चेतनासँग समेत जोडिएको पर्वका रूपमा निरन्तरता पाइरहेको छ।

More From Author

सामाजिक सञ्जाल दर्ता गर्न ७ दिनको अन्तिम म्याद

भुइख्यः जग्गा सम्बन्धी विवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *