
नेपाल सरकारले सामाजिक सञ्जाल दर्ता गर्न ७ दिनको अन्तिम म्याद दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको आदेशअनुसार ल्याइएको “सामाजिक सञ्जाल निर्देशिका, २०८०” को प्रावधानअनुसार दर्ता नगरेका सबै सामाजिक सञ्जाललाई नेपालमा सञ्चालनका लागि अनिवार्य दर्ता गर्नुपर्ने जनाएको हो।
यसअघि ३० दिनको समय दिइए पनि दर्ता नगरेकाले सरकारले थप ७ दिनको अन्तिम म्याद दिएको हो। सो अवधिभित्र दर्ता नगरेमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युब, टिकटक लगायतका दर्जनभन्दा बढी सामाजिक सञ्जाललाई नेपालभित्र बन्द गर्ने चेतावनी सरकारले दिएको छ।
👉 सरकारका अनुसार, दर्ता नगरेको अवस्थामा ती प्लेटफर्मलाई नेपालमा क्रमशः निष्क्रिय (ब्लक) गर्ने तयारी गरिएको छ।