विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ भाद्र ११-ः अग्रपूजाको अधिकार प्राप्त विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी आज देशभर गणेश चतुर्थी पर्व मनाइँदैछ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । शास्त्रीय मान्यता अनुसार सत्ययुगमा यिनै तिथिमा भगवान् गणेशको जन्म भएको हो । यस अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने चलन छ ।

शिव–पार्वतीका पुत्र गणेशलाई धार्मिक कर्मका सबै कार्यमा अग्रपूजाको अधिकार प्रदान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आज हरितालिका तीजको व्रत पारायण गरी गणेश व्रत गर्ने शास्त्रीय परम्परा रहेको छ ।

भाद्र शुक्ल तृतीयामा सुखद दाम्पत्य जीवनको कामना गर्ने व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान तीजको व्रत पारायण गरी मध्याह्नकालमा गणेशलाई अर्घ्यसहित पूजा गर्ने विधि रहेको बताइन्छ ।

यस पर्वलाई मङ्गल चतुर्थी पनि भनिन्छ । यस वर्ष विशेषगरी मङ्गलबारका दिनै परेकोले यसको महत्त्व अझ बढेको छ । नेवार समुदायले यसलाई चथा पर्वका नाममा मनाउने गर्छन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा समेत प्रचलित छ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सूर्योदयकालमा चतुर्थी तिथि र मध्याह्नमा पञ्चमी तिथि परेकाले यस वर्ष गणेश चतुर्थी (चथा) र ऋषि पञ्चमी दुवै पर्व आजकै दिन परेको हो ।

वि.सं. २०६५ देखि यस अवसरमा राजधानीलगायत ठूला शहरमा गणेश रथयात्रा निकाल्ने चलन सुरु भएको हो । यस वर्ष पनि रथयात्रा आजै गरिने जनाइएको छ । साथै, वि.सं. २०६४ मा यसै दिन स्थापना भएको राष्ट्रिय धर्मसभाको स्थापना दिवसका रूपमा पनि यो दिन मनाइँदै आएको छ ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालययातायात व्यवस्था विभाग मीनभवन, काठमाण्डौ

हरितपार्क, दामोदर मार्गमा आयोजित श्री गणेश मन्दिर उत्सव कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts