हरितपार्क, दामोदर मार्गमा आयोजित श्री गणेश मन्दिर उत्सव कार्यक्रम

ललितपुर भाद्र ११-ः ललितपुर महानगरपालिका वडा नं. ५ अन्तर्गत हरितपार्क, दामोदर मार्गमा आयोजित श्री गणेश मन्दिर उत्सव कार्यक्रम धार्मिक उत्साहका साथ सम्पन्न भयो।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मंजली शाक्य बज्राचार्य, वडा नं. ५ का अध्यक्ष बिकासमान श्रेष्ठ साथै उपभोक्ता समितिका सदस्यहरू विशेष उपस्थिती जनाएका थिए।

उक्त अवसरमा सहभागीहरूले भगवान् गणेशको पूजाआराधना गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र समाजमा आपसी एकता तथा सद्भाव विस्तार गर्नुपर्ने विषयमा जोड दिएका थिए।

More From Author

विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै

धरापमा जयमनोहर महाविहार : ललितपुरको पहिचानमाथि अपमान 

Leave a Reply

Your email address will not be published. Required fields are marked *