ललितपुर महानगरपालिका वडा नं. ५ द्वारा तीज विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न

ललितपुर, भदौ ८ — ः ललितपुर महानगरपालिका वडा नं. ५ कार्यालयद्वारा महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा “तीज विशेष जनचेतनामूलक कार्यक्रम – २०८२” भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उपमेयर मंजली शाक्यबज्राचार्यज्यूले महिलाहरूको सशक्तिकरण, सामाजिक चेतना र सांस्कृतिक संरक्षणको सन्दर्भमा महत्वपूर्ण मन्तव्य राख्नु भयो। उहाँले तीज जस्ता चाडपर्वहरू केवल नाचगानमा सीमित नराखी सामाजिक रूपान्तरणका लागि सशक्त माध्यम बन्नुपर्नेमा जोड दिनुभयो।

ललितपुर महानगरपालिका वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठज्यूले कार्यक्रमको उद्देश्य र महत्वबारे चर्चा गर्दै महिलाहरूलाई लक्षित यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, स्वास्थ्य तथा अधिकार सम्बन्धी जानकारीमूलक सत्रहरू, र स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

More From Author

भियतनामकी उपराष्ट्रपति H.E. Ms. Vo Thi Anh Xuan ज्यूलाई आज ललितपुर महानगरपालिकाको तर्फबाट पाटन दरबार स्क्वायरमा भब्य स्वागत

हरितालिका तीज पर्व : शिवभक्त महिलाहरूको श्रद्धा र उपवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *