ललितपुर भाद्र ९ -ः
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूको मैत्रीपूर्ण नेपाल भ्रमणको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल आउनुभएकी भियतनामकी उपराष्ट्रपति H.E. Ms. Vo Thi Anh Xuan ज्यूलाई आज ललितपुर महानगरपालिकाको तर्फबाट पाटन दरबार स्क्वायरमा भब्य स्वागत गरिएको छ।
महानगरका मेयर चिरीबाबु महर्जनको नेतृत्वमा सम्पन्न स्वागत समारोहमा ललितपुरको सांस्कृतिक वैभव प्रस्तुत गरिँदै अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। पाटनको ऐतिहासिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी दिइंदै भियतनामी उपराष्ट्रपति ज्यूलाई दरबार क्षेत्र अवलोकन गराइएको थियो।
यस अवसरमा दुई देशबीचको मैत्री, आपसी सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरिएको छ।
