कुशे औंसी : पिताको सम्मान र पितृ तर्पणको दिवस

काठमाडौं, भाद्र ६ —

भोली देशभर कुशे औंसी, अर्थात् बुबाको मुख हेर्ने दिवस श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। सनातन हिन्दू परम्परा अनुसार भाद्र महिनाको अमावस्या तिथिमा मनाइने यो पर्व पिताप्रति श्रद्धा, सम्मान, र कृतज्ञता प्रकट गर्ने विशेष अवसर हो।

यस दिन सन्तानहरूले बुबाको मुख हेरेर पूजा, विशेष भोजन, र सम्मान व्यक्त गर्छन्। बुबा दिवंगत भइसकेका सन्तानहरू भने गोकर्णेश्वर, विष्णुपादुका, वा अन्य पवित्र तीर्थस्थलहरूमा गई श्राद्ध, तर्पण, दान लगायतका कर्म गरी पितृको उद्धार गर्ने र पुण्य आर्जन गर्ने परम्परा अनुसरण गर्छन्।

पर्वसँगै कुशको विशेष महत्व पनि रहेको छ। धर्मकार्यमा अनिवार्य रूपमा प्रयोग गरिने पवित्र औंठी (पवित्र कुश) यही दिन पुरोहितहरू यजमानका घरघरै पुर्‍याउने परम्परा रहेको छ। यजमानहरूले पुरोहितलाई सिधा, दक्षिणा लगायतका सामग्री दिएर सम्मान प्रकट गर्छन्।

कुश घरमा राख्नाले पवित्रता र सकारात्मक ऊर्जा आउने विश्वास पनि जनविश्वासमा गहिरो रूपमा गढिएको छ।

More From Author

फर्पिङमा श्री बज्रयोगिनी जात्रा हर्षोल्लासका साथ सम्पन्न

योग विज्ञान अध्ययनमा उत्कृष्टलाई ललितपुर महानगरको सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *