योग विज्ञान अध्ययनमा उत्कृष्टलाई ललितपुर महानगरको सम्मान

काठमाडौं भदौ ६ —ः

त्रिभुवन विश्वविद्यालयअन्तर्गत संस्कृत केन्द्रीय विभागमा सञ्चालित एक वर्षे पीजी डिप्लोमा इन योग साइन्स (PGD in Yoga Science) कार्यक्रममा प्रथम र दोस्रो सेमेष्टरमा उत्कृष्ट परिणाम हासिल गर्ने विद्यार्थीहरूलाई ललितपुर महानगरपालिकाले जनही रु ५० हजार नगद पुरस्कारसहित सम्मान गरेको छ।

पुरस्कृत विद्यार्थीहरूमा, पहिलो सेमेष्टरमा प्रथम स्थान हासिल गरेकी वडा नं. १४ की अञ्जु श्रेष्ठ तथा दोस्रो सेमेष्टरमा प्रथम भएका वडा नं. १ का सनतकुमार न्यौपाने रहेका छन्।

महानगरले विगत वर्ष २९ वटै वडाबाट १/१ जना विद्यार्थी छनोट गरी प्रतिविद्यार्थी रु १ लाख छात्रवृत्ति दिई उक्त कोर्स अध्ययनको अवसर प्रदान गरेको थियो। सो वर्ष कूल ३५ जना विद्यार्थी अध्ययनरत थिए।

ललितपुरमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्याल, संस्कृत विभाग प्रमुख प्रा. डा. नारायण प्रसाद गौतम, विद्यार्थी नेता ज्ञानभक्त डंगोल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले योग विज्ञान जस्तो शारीरिक, मानसिक र नैतिक विकासमा सहयोगी विषय अध्ययनमा स्थानीय सरकारको सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रमको अपेक्षा व्यक्त गरेका थिए।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

कुशे औंसी : पिताको सम्मान र पितृ तर्पणको दिवस

यो मां यो बा छ गन वन म्येंया उलेज्या बारे जानकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts