फर्पिङमा श्री बज्रयोगिनी जात्रा हर्षोल्लासका साथ सम्पन्न

काठमाडौं, भाद्र ६ —
काठमाडौंको फर्पिङस्थित प्रसिद्ध श्री बज्रयोगिनी मन्दिरमा बिहीबार परम्परागत जुगः चह्रे पर्वअन्तर्गतको बज्रयोगिनी जात्रा हर्षोल्लासपूर्वक सम्पन्न भएको छ।

रातो रंगको मूर्तिमा दाहिने खुट्टा जमिनमा र बाँयाँ खुट्टा आकाशतर्फ तानेको मुद्रा सहित विराजमान श्री बज्रयोगिनीलाई फाम्थिङ योगिनी, उद्धपाद योगिनी, इन्द्र योगिनी वा नील तारा नामले पनि चिनिन्छ। परम्परागत विश्वास अनुसार, काठमाडौं उपत्यकाको दह हटाएर बस्ती निर्माण गर्ने बोधिसत्व मञ्जुश्रीले पनि बज्रयोगिनीको आशीर्वाद प्राप्त गरेको मानिन्छ।

मूल मूर्तिलाई छुन नपाइने परम्परा रहेकाले त्यसको हुबहु प्रतिमा सानो खटमा राखी भक्तजनलाई दर्शन गर्न दिने चलन छ। जात्राअघि, देवीलाई नारायणडबलीमा ल्याई मन्दिरका पुराना पुजारी सूर्यमुनी बज्राचार्यको वंशजको घरमा एक रात राख्ने परम्परा रहिआएको छ।

त्यसपछिल्लो दिन, सात टोलसहित विभिन्न स्थानका टोलबासीहरू महिला दिदीबहिनीहरूको लावा छर्दै, बाजागाजासहित जात्रामा सहभागी भई श्री बज्रयोगिनीलाई पुनः मन्दिरमा विराजमान गराउने परम्परा पालन गरिन्छ।

तान्त्रिक साधना र ध्यानका लागि यो मन्दिर क्षेत्रलाई अत्यन्त पवित्र र शक्तिशाली स्थलको रूपमा मान्यता दिइन्छ।

More From Author

‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको धनगढीबाट औपचारिक शुभारम्भ

कुशे औंसी : पिताको सम्मान र पितृ तर्पणको दिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *