यल:मतया: पर्वको समापनमा— अध्यक्ष निर्मल रत्न शाक्यको मन्तव्य

पाटन, ललितपुर | साउन २७, २०८२
ललितपुर महानगरपालिका–१६ मा परम्परागत बत्ती यात्रा यल:“मतया:” को समापन कार्यक्रममा वडाध्यक्ष निर्मल रत्न शाक्यले मौलिक सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो:

“यल: मतया: पर्व केवल धार्मिक अनुष्ठान मात्र होइन, यो हाम्रो ऐतिहासिक, सामाजिक र सांस्कृतिक चेतनाको सशक्त अभिव्यक्ति हो। यस्ता पर्वहरूले समुदायलाई एकता, श्रद्धा र सेवा भावमा बाँध्ने काम गर्छन्।”

यल: मतया: पर्वअन्तर्गत वडाभित्रका प्रमुख टोलहरूमा बत्ती बालेको, गुं ल्हु (वज्राचार्य–शाक्य) समुदायले पूजापाठ गरेको, स्थानीय टोल विकास संस्थाहरूले आतिथ्य र स्वागतको व्यवस्थापन गरेको स्मरण गर्दै अध्यक्ष शाक्यले यो वर्षको सहभागिता र व्यवस्थापनको प्रशंसा गर्नुभयो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

मतया:मा

भक्तजनको खुट्टा समाएर उपचारमा जुट्ने ५ वडा अध्यक्ष बिकासमान श्रेष्ठको सेवाभाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts