मतया:मा

ललितपुर,मंगलबजार २०८२–०४-२५-ः
ललितपुरको समृद्ध सांस्कृतिक परम्परामध्ये एक प्रमुख पर्व मतया: यस वर्ष पनि विशेष उल्लासका साथ मनाइँदैछ। मंगलबजारबाट सुरु हुने यस धार्मिक तथा सांस्कृतिक यात्रामा ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मल रत्न शाक्य अग्रणी भूमिका निर्वाह गर्दै सहभागी भएका छन्।

वडाध्यक्ष शाक्यले परम्परागत पोशाकमा सुसज्जित भई भक्तिभावका साथ दीप प्रज्वलन गर्दै यात्रा आरम्भ हुनेछ। उनले स्थानीय समुदायसँग सहकार्य गर्दै मतया:लाई व्यवस्थित, शान्तिपूर्ण र सांस्कृतिक गौरव झल्किने गरी सम्पन्न गर्न नेतृत्व प्रदान गरिरहेका छन्।

उनको उपस्थितिले समुदायमा एकताको सन्देश दिएको र परम्परागत सांस्कृतिक चाडको संरक्षणमा निर्वाचित प्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको संकेत गर्दछ। मतया: को अवसरमा विभिन्न टोल–टोलबाट सहभागिता जनाउँदै हजारौं श्रद्धालुहरू विहानैदेखि विहार, चैत्य र धार्मिक स्थलहरूमा दीप बाल्दै यात्रा पूरा गर्दैछन्।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

गाई जात्रा

यल:मतया: पर्वको समापनमा— अध्यक्ष निर्मल रत्न शाक्यको मन्तव्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts