हिमालयन २० कला महोत्सव २५
८-१४ अगस्त २०२५ को कार्यक्रममा मंतव्य राख्दै, योति समूहका निर्देशक तथा स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउस (VOITH) की प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य बाट श्याम दास असान्त कलाकारलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नुभएको थियो।
यस अवसरमा सौरभ ज्योतिले श्याम दास असान्त कलाकारको कला क्षेत्रमा योगदानलाई उच्च मूल्याङ्कन गर्दै, उहाँको निरन्तर प्रयास र समर्पणले नेपाली कला जगतलाई गर्व महसुस गराएको उल्लेख गर्नुभयो।
यस सम्मानले कलाकारलाई थप प्रोत्साहन मिल्ने र समग्र कला क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरिएको थियो।
सौरभ ज्योति जीले भने,
“हामी यो महोत्सवमार्फत् हिमालय क्षेत्रको समृद्ध सांस्कृतिक विविधता र कला रचनालाई विश्वसामु प्रस्तुत गर्ने महान अवसर पाएका छौं। यसले युवा कलाकारहरूलाई आफ्नो प्रतिभा देखाउन र सांस्कृतिक आदान-प्रदान गर्ने उत्तम प्लेटफर्म उपलब्ध गराउनेछ।
यस महोत्सवले हामी सबैलाई एकसाथ जोडेर कला, परम्परा र नयाँ सोचलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ। सबैले यस कार्यक्रमको सफलताका लागि सहयोग र सहभागिता जनाउने अपेक्षा गर्दछु।”