सुलोचना मानन्धर धिताल र विजयरत्न असंबरे नेपाल साहित्य मन्दिरको प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुने

भक्तपुर, साउन ५ — भक्तपुरमा आधारित प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले यस वर्षको जरिमैंया साखः लुमन्ति सिरपा पुरस्कार साहित्यकार सुलोचना मानन्धर धिताललाई प्रदान गर्ने घोषणा गरेको छ।

नेपालभाषा साहित्यमा दीर्घ योगदान पुर्‍याउँदै आउनुभएकी मानन्धरलाई दिइने यो सम्मान महिला स्रष्टालाई प्रदान गरिने विशेष पुरस्कार हो।

त्यस्तै, पुरुष स्रष्टाका लागि दिइने कुमार साखः हःपाः सिरपा पुरस्कार यस वर्ष विजयरत्न असंबरेलाई प्रदान गरिनेछ। असंबरे नेपालभाषा साहित्य तथा सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका छन्।

नेपाल साहित्य मन्दिरका अध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ त्रैलोक्यमान बनेपालीका अनुसार, यी दुवै सम्मान आगामी गुंलाथ्व द्वितिया (साउन १० गते, शनिबार) भक्तपुरको भार्भाचोस्थित तिसा रेष्टुरेण्टमा आयोजित विशेष समारोहमा प्रदान गरिनेछ।

सो अवसरमा नेपालभाषाका वरिष्ठ भाषिक अभियन्ता छत्रबहादुर कायस्थलाई पनि विशिष्ट साहित्य सम्मान ११४५ बाट सम्मान गरिने कार्यक्रम रहेको छ।

आयोजक संस्थाले समारोहलाई भव्य र गरिमामय बनाउन सम्पूर्ण भाषाप्रेमी तथा साहित्यप्रेमीहरूलाई उपस्थित भई सफल पार्न हार्दिक आह्वान गरेको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

सप्तपुर महाविहार, चिकंबही, च्यासःत्वाः, वडा नं. ९, यलय् परापूर्वकालंनिसें गुँला लछि तक मदिक न्हह्याना वया च्वंगु लुचिद्यो (लक्ष चैत्य) थाय्‌गु परम्परा थुगु दंय् नं व हे वइगु ने.सं. ११४५ दिल्लागा आमाइ (वि.सं. २०८२ श्रावण ८ गते) बिहीवाः निसें जुइगु सूचं ब्युरों उगु लुचिद्यो थाना पुण्य सञ्चय याना बिज्यायत/दिइत श्रद्धालु भक्तजनपिन्त दुनुगलंनिसें मैत्रीपूर्ण इनाप याना च्वना ।लुचिद्यो थाय्गु ई : सुथसिया ६:०० निसें ८:०० ताःतकसप्तपुर महाविहार लुचिद्यो (लक्ष्य चैत्य) थाय्गु मूल समिति चिकंबही, च्यासः त्वाः, वडा नं. ९, यल

गुंला पर्वले गुञ्जायमान स्वयम्भू महाचैत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts