विलासिता कर हटाउने मागसहित नेपाल राष्ट्र बैंकसँग सुनचाँदी व्यवसायी महासंघको भेटघाट

काठमाडौं, — सरकारले सुनमा लगाएको विलासिता करको विरोधमा नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंक टक्सार महाशाखासँग भेटघाट तथा छलफल गरेको छ।

महासंघका पदाधिकारीहरूले भेटका क्रममा सुनचाँदी व्यवसाय प्रभावित भएको, कालोबजारी र तस्करी बढ्ने खतरा रहेको, साथै व्यवसायीहरूको दैनिकी नै संकटमा परेको भन्दै तत्काल कर हटाउन माग गरेका थिए।

टक्सार महाशाखाका अधिकारीहरूले व्यवसायीहरूको चिन्ता र सुझावलाई नीति निर्मातासमक्ष पुर्‍याउने आश्वासन दिएका छन्।

यसअघि पनि सुनचाँदी व्यवसायीहरू कर खारेजको माग गर्दै विरोध कार्यक्रमहरू सञ्चालन गरिसकेका छन्।

More From Author

Pushpa Ratna Shakya, President of Lalitpur Chambers of Commerce, addressing the tenth general meeting and fifth session of the Liquor Traders Association, Lalitpur

शैक्षिक सत्र २०८१ सालया Secondary Education Examination (SEE) परीक्षाय् उत्तीणं जुयादीपिं व्वनामिपिन्तलसहना नापं भिंतुना ज्याझ्वः

Leave a Reply

Your email address will not be published. Required fields are marked *