चाँदीको अलङ्कार राख्नको लागि ३४ केजी ३०० ग्राम चाँदी सहयोग

ललितपुर २०८२/०३/२० – ललितपुर महानगरपालिकाले महालक्ष्मी मन्दिरमा चाँदीको अलङ्कार राख्नको लागि ३४ केजी ३०० ग्राम चाँदी सहयोग गरेको छ महानगरले शुक्रबार एक कार्यक्रमबीच महालक्ष्मीथान व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ।
महानगरले हस्तान्तरण गरेको उक्त चाँदी जीटुजी मार्फत राष्ट्र बैंकसँग खरिद गरेर हस्तान्तरण गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । महानगरले बिहीबारको बजार भाउअनुसार चाँदी खरिद गरेको जानकारी ।
२०८२/०३/१९को बजारभाउ अनुसार चाँदी प्रतितोला २१ सय ७० रुपैयाँ रहेको छ । चाँदी तोलामा रूपान्तरण गर्दा २९ सय ४१ तोला हुन आउँछ । यसरी हिसाब गर्दा महानगरले महालक्ष्मी मन्दिरलाई ६३ लाख ८१ हजार ९७० रुपैयाँ बराबरको चाँदी हस्तान्तरण गरेको छ प्रमुख महर्जनका अनुसार यसरी महानगरले चाँदी नै हस्तान्तरण गरेको पहिलो पटक हो । प्रमुख महर्जनले पैसा दिनुको साटोमा चाँदी नै उपयुक्त हुने भन्दै चाँदी सहयोग गरेको जानकारी दिए ।
प्रमुख महर्जनले चाँदी अलङ्कार राख्ने काममा कुनै पनि किसिमको कमीकमजोरी नदेखिने गरेर काम गर्न व्यवस्थापन समितिलाई अनुरोध गरे ।
‘काममा कसैले आलोचना नआउनेगरी काम गर्नूहोस्, छिटोभन्दा छिटो सम्पन्न गर्नूहोस्,’ प्रमुख महर्जनले भने । त्यस्तै प्रमुख महर्जनले जे काम गरिन्छ, त्यसमा पारदर्शी भएर काम गर्दा कसैले औंला नउठाउने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दासले महानगरले सम्पदा र संस्कृतिमा उदाहरणीय काम गर्दै आएको बताइन् ।
‘हामीले सम्पदा र संस्कृतिमा गरेको उदाहरणीय काम देखेर अन्य पालिकाहरू हामीसँग सिक्न आउनुहुन्छ । तपाईंहरूले कसरी काम गरिरहनु भएको छ भनेर भन्नु हुन्छ , यसले हामीलाई थप उत्साह मिल्छ,’ उनले भनिन् ।
प्रमुख प्रशासकीय अधिकृत दासले महालक्ष्मी मन्दिरको लागि सहयोग गरेर इँटा थप्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् ।
ललितपुर महानगर वडा नं ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले महालक्ष्मी मन्दिरलाई चाँदीले अलंकार गर्नको लागि भक्तजनबाट मात्रै एक÷डेढ करोड भक्तजनबाट उठिसकेको बताए । महानगरले पनि त्यस कार्यक्रमा सहयोग गरेको उनले धन्यवाद व्यक्त गरे । चाँदी अलङ्कार व्यवस्थापन समितिका संयोजक द्वारिका नाथ खनालका अनुसार अहिलेसम्म विभिन्न उद्योग व्यवसायी, संस्था, भक्तजनबाट सहयोग जुटिरहेको छ । चाँदी अलङ्कारमा कुनै पनि अपरदार्शिता नहुने बताउँदै उनले हरेक कुरा पारदर्शितामा हुने प्रतिबद्धता जनाए ।
ज्यापू समाजका अध्यक्ष एव समितिका सल्लाहकार सन्तमान महर्जनले महालक्ष्मी मन्दिर विगतका दिनमा भन्दा धेरै नै व्यवस्थित बन्दै गएको र यसमा सबैको ठूलो योगदान रहेको जानकारी दिए ।
मन्दिरलाई थप सुन्दरता बढाउन चाँदीको अलंकार राख्न लागेको र त्यसमा सबैको सहयोगको अपेक्षा राख्दै ज्यापू समाजको आवश्यक सहयोग रहने प्रतिबद्धता

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

CAREER CONNECT: Access to Development Opportunities Deputy Mayor of Lalitpur Metropolitan City Manja

Silver handover ceremony by Lalitpur Metropolitan City in the context of the construction of the dec

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts