REER CONNECT: रोजगारीका अवसरहरूमा पहुँच

“रोजगार तयारीमा सशक्तिकरण कार्यक्रम” अन्तर्गत आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका उप–मेयर मंजली शाक्य बज्राचार्यले सम्बोधन गर्दै रोजगारमा पहुँच अभिवृद्धि गर्ने अभियानहरूमा स्थानीय सरकारको सक्रिय भूमिका रहेको बताउनुभयो।

उहाँले REER CONNECT कार्यक्रम मार्फत युवाहरू, महिला, र श्रमिक वर्गलाई रोजगारीका अवसरहरू पहिचान गर्न र त्यसका लागि आवश्यक सीप, ज्ञान तथा आत्मविश्वास विकास गर्न मद्दत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।

उप–मेयर शाक्य बज्राचार्यले यस कार्यक्रमले समावेशी रोजगार सशक्तिकरण, वैकल्पिक रोजगारीका बाटोहरू, र स्थानीय अर्थतन्त्रमा योगदान गर्ने उद्यमशीलता प्रवर्द्धन गर्ने दिशामा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

REER CONNECT रोजगारीका अवसरहरूमा पहुँच सुनिश्चित गर्न
उप–मेयर शाक्य बज्राचार्यले युवाहरूमाझ सीप, तालिम, र मनोबल अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी रहेको उल्लेख गर्नुभयो। कार्यक्रमले स्थानीय रोजगारी उत्पादन र आत्मनिर्भरता प्रवर्द्धन मा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

More From Author

प्रेरणादायी खबर

CAREER CONNECT: Access to Development Opportunities Deputy Mayor of Lalitpur Metropolitan City Manja

Leave a Reply

Your email address will not be published. Required fields are marked *