ललितपुर महानगरले निर्माण सम्पन्न भवनको नियमित र अभिलेखिकरणबारे जानकारी दिन प्राविधिकहरुलाई तालिम


शहरी योजना व्यवस्थापन समितिद्धारा आयोजित दुई दिने उक्त तालिममा वडा नं.१ देखि २९ वटै वडाका प्राविधिकहरु सहभागी थिए । अभिलेखिकरणको प्रक्रिया र नियम कानुनबारे प्राविधिक थप जानकारी दिन तालिम आयोजना गरिएको शहरी विकास योजना महाशाखाका प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले बताए । उनले भने, ‘ उहाँहरुलाई प्राविधिक विषयका बारेमा थप ज्ञान भएपछि स्थानीयलाई बुझाउन सजिलो हुन्छ , र अभिलेखिकरणले व्यक्तिको सम्पत्तिको अभिलेख रहने , सम्पत्तिको बेचविखन नभइरहेको अवस्थामा बेचबिखन गर्न सकिन्छ । सम्पत्तिको हक हस्तान्तरण गर्न सहज हुन्छ । शैक्षिक,आवासीय लगायतका अन्य ऋण लिन सकिन्छ ।
नगरबासीको माग अनुसार अभिलेखिकरणको म्याद थप्ने तयारी भइरहेको महाशाखा प्रमुख महर्जनले बताए । उनले भने, ‘असारको नगरसभाले म्याद थप्ने गरी तयारी भइरहेको छ । ’ हालसम्म ४ हजार बढी भवन अभिलेखिकरणको दायरमा आएका छन् ।
कानुन महाशाखा प्रमुख, निर्देशक खगेन्द्रप्रसाद वस्तीले वडामा खटिने प्राविधिक जनशक्तिलाई अधिलेखिकरणको बारेमा जानकारी गराउन तालिम आयोजना गरिएको बताए ।
उनले भने,‘ वडाका प्राविधिकले अभिलेखिकरणको विषयमा कुरा बुझेपछि स्थानीयलाई कुरा बुझाउन सजिलो हुन्छ, त्यसैले तालिम राख्यौंँ ।’ यो तालिमले अभिलेखिकरण सम्बन्धी बुझाईलाई सरल बनाउने बताउँदै नगरबासीको भवनहरु सम्बन्धी जनगुनासोलाई सम्बोधान गर्न मद्दत गर्ने प्रष्ट पारे ।
शहरी योजना व्यस्थापन समितिका सदस्य तथा वडा नं.२३ का अध्यक्ष जीवन महर्जनले जनप्रतिनिधि र प्राविधिकको नागरिकसँग प्रत्यक्ष सम्बन्ध हुन भएकाले प्राविधिकलाई लक्षित गरेर तालिम राखेको बताए । उनले भने, ‘जनप्रतिनिधिलाई पनि यो तालिम आवश्यक छ । ’ अभिलेखिकरणका बारेमा स्थानीयमा भएको दुविधा र अस्पष्टतालाई बुझाउन र समस्या समाधान गर्न तालिमको व्यवस्था गरेको उनले बताए । प्राविधिकहरु महानगरको विकासको सिपाही भएको बताउँदै गुणस्तरसहितको विकास निर्माणमा जुट्न अनुरोध गरे । समितिका सदस्य एवम् कार्यपालिका सदस्य, वडा नं.१६ का वडा सदस्य बविता श्रेष्ठले स्थानीयको मनोविज्ञान बुझेर प्राविधिकले अभिमुखिकरणबारे बुझाउनुपर्ने बताइन् । कार्यक्रममा नक्सापास लगायतका विभिन्न पक्षमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कस्ता भवनको नियमति÷अभिलेखिकरण गर्नुपर्छ ?
नक्सापास नगरी वा नक्सापास गरेकोमा हेरफेर गरी र मापदण्ड विपरित निर्माण गरिएका भवनको नियमति÷अभिलेखिकरण गर्नुपर्छ ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

मदन भन्डारी जयन्ती को अवसरमा प्रतिमामा माल्यार्पन

चोभारको गल्छी काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts