रातो मत्छिन्द्रनाथ र मिननाथको जात्रा समापन

रातो मच्छिन्द्रनाथ र मिननाथको जात्रा समापन समारोहमा पूर्वमन्त्री माननीय रामकृष्ण चित्रकारले आफ्नो सम्बोधनमा नेवार संस्कृति, परम्परा, र जात्रा महत्त्वको चर्चा गरेका छन्। उनले यस प्रकारका चाडपर्वहरूले समाजमा सहकार्य, सद्भाव, र एकता कायम गर्न भूमिका खेल्ने बताए।

रामकृष्ण चित्रकारले ललितपुरको जात्रा परम्परा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिंदै, पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्पदाको संरक्षणका लागि सरकार, समुदाय, र स्थानीय तहबीच समन्वयको आवश्यकता औंल्याए।

उनले समापनको अवसरमा जात्रा सञ्चालन समितिका सदस्यहरू, स्वयंसेवक, र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस परम्परालाई भविष्यमा अझ प्रभावकारी र व्यवस्थित बनाउन सबैले योगदान गर्नुपर्ने धारणा राखे।

More From Author

ग्वार्को ओभर फ्लाई पुलमा गाडी चल्न थालेपछि सवारी चालकहरूको प्रतिक्रिया

सप्तापातल पोखरी र रातो मच्छिन्द्रनाथ र मिननाथको समापन को बारेमा जानकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *