प्रा. डा. पुकार चन्द्र श्रेष्ठ लाई सम्मान

ललितपुर महानगरपालिका वडा नं. १६ द्वारा आयोजित वृहत स्वास्थ्य शिविरमा मानब अंग प्रत्यारोपण क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याउने प्रा. डा. पुकार चन्द्र श्रेष्ठलाई सम्मान गर्नु सामाजिक र स्वास्थ्य क्षेत्रको प्रगति प्रति महत्वपूर्ण कदम हो। मस्तिष्क मृत्यु पछि किडनी र कलेजो जस्ता प्रमुख अंगहरूको प्रत्यारोपण मार्फत विश्वमै दुर्लभ सफलता हासिल गरी नेपाललाई गर्व गर्न लायक बनाउनु उहाँको चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदानको प्रमाण हो।

कार्यक्रममा अध्यक्ष निर्मलरत्न शाक्यले आफ्नो मन्तव्य राख्दै यस्तो सफलताले स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ सम्भावना र प्रोत्साहनको वातावरण सिर्जना गर्ने बताउनु भयो। यस प्रकारका प्रयासहरूले समुदायमा स्वास्थ्य सचेतना र अंगदानको महत्वलाई अझ बढावा दिने विश्वास गरिएको छ।

यस सम्मानसँगै आयोजित वृहत स्वास्थ्य शिविरले स्थानीय बासिन्दाहरूको स्वास्थ्य सेवामा पहुँच बढाउन थप सहयोग पुर्‍याउने अपेक्षा गरिन्छ।

More From Author

ललितपुर महानगरपालिका वडा नं. १६ र स्यस्यः समाज यल (केन्द्र)को संयुक्त आयोजनामा आयोजित सम्मान तथा वृहत स्वास्थ्य शिविरमा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डेले सम्बोधन गर्नुभएको छ।

ग्वार्को ओभर फ्लाई पुलमा गाडी चल्न थालेपछि सवारी चालकहरूको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *