ललितपुर महानगरपालिका वडा नं. १६ र स्यस्यः समाज यल (केन्द्र)को संयुक्त आयोजनामा आयोजित सम्मान तथा वृहत स्वास्थ्य शिविरमा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डेले सम्बोधन गर्नुभएको छ।

कार्यक्रममा माननीय मन्त्रीले प्रा. डा. पुकार चन्द्र श्रेष्ठको उल्लेखनीय योगदानको प्रशंसा गर्दै उहाँले मानव मस्तिष्क मृत्युपश्चात् एकै व्यक्तिलाई किडनी र कलेजो प्रत्यारोपण गरी नेपालमा पहिलो पटक दुर्लभ सफलताको इतिहास रचना गर्नुभएकोमा उच्च सम्मान प्रकट गर्नुभयो।

उहाँले यो उपलब्धि नेपालका लागि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रेरणादायक रहेको बताउनुभयो। यसले स्वास्थ्य क्षेत्रको उन्नत प्रविधि र विशेषज्ञताको प्रमाण भएको उल्लेख गर्दै स्वास्थ्य सेवा र अंगदानको महत्त्वबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्वास्थ्य शिविरसमेत सञ्चालन गरी स्थानीय समुदायलाई स्वास्थ्य परामर्श र सेवा प्रदान गरिएको थियो। शिविरले स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्य राखेको थियो।

More From Author

Lalitpur Chamber of Commerce and Industry Educational Scholarship Program

प्रा. डा. पुकार चन्द्र श्रेष्ठ लाई सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *